हूशैले थपे, “तपाईंले आफ्नो बुबालाई चिन्नुहुन्छ र उहाँका मानिसहरू बलिया योद्धाहरू छन्, तिनीहरू तितो छन्, र तिनीहरू मैदानका बच्चा खोसिएका भालुहरूजस्ता छन् । तपाईंको बुबा एक योद्धा हुनुहुन्छ । उहाँ आज फौजसँग सुत्नुहुने छैन ।
TSK
TSK · अय्यूब 21:25
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
दुःखमा हुनेलाई किन ज्योति दिइन्छ? मनमा तितो हुनेलाई किन जीवन दिइन्छ?
उहाँले मलाई फेरि सास फेर्ने दिनुहुन्न, तर उहाँले मलाई तिक्तताले भर्नुहुन्छ ।
उसले आफ्नो पेट भर्नै लाग्दा, परमेश्वरले आफ्नो घोर क्रोध उसमा उतार्नुहुन्छ । उसले खाइरहँदा परमेश्वरले उसमाथि त्यो बर्साउनुहुन्छ ।
मानिसले इच्छा गरेको कुनै पनि कुरो कमी नहोस् भनेरे परमेश्वरले उसलाई धन-सम्पत्ति, जग्गा-जमिन र मान-सम्मान दिनुहोला, तर त्यसपछि परमेश्वरले उसलाई त्यसको उपभोग गर्ने कुनै खुबी दिनुहुन्न । बरु त्यसको थोकहरू अरू कसैले उपभोग गर्दछ । यो बाफ र खराब पीडा हो ।
उहाँले मलाई यो पनि भन्नुभयो, “ए मानिसको छोरो, हेर, म यरूशलेमबाट अन्नको मूल बन्द गरिदिनेछु, र तिनीहरूले जोखी-जोखीकन चिन्तित भई तिनीहरूले रोटी खानेछन्, र जोखी-जोखीकन डराउँदै पानी पिउनेछन् ।