तर तिनी आफैचाहिँ एक दिनको यात्रा गरेर उजाड-स्थानमा गए, र अम्रिसको एउटा झाडीमा आए । आफू मरोस् भनी तिनले बिन्ती गर, “हे परमप्रभु, अब अति भयो । मेरो प्राण लिनुहोस् किनकि म मेरा पित्रहरूभन्दा असल छैनँ ।”
TSK
TSK · अय्यूब 3:21
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
१ राजाहरू 19:4
TSK
अय्यूब 6:9
TSK
मलाई एकैचोटी धुलो पार्न परमेश्वर खुसी हुनुपर्छ! उहाँले आफ्नो हात उठाउनुपर्छ र यो जीवनबाट मलाई खतम पार्नुपर्छ!
अय्यूब 11:20
TSK
तर दुष्ट मानिसहरूका आँखा चुक्नेछन् । भाग्नलाई तिनीहरूको कुनै बाटो हुनेछैन । तिनीहरूको एक मात्र आशा जीवनको आखिरी सुस्केरा हुनेछ ।”
उपदेशक 4:2
TSK
अझै बाँचिरहेकाहरूभन्दा पहिले नै मरेकाहरू बढी भाग्यमानी हुन् भनी मैले विचार गरेँ ।
योना 4:8
TSK
अर्को बिहानी सुर्योदय हुँदा यसो भयो । परमप्रभुले तातो पुर्वी हावा पठाउनुभयो । अनि योनाको टाउकोमाथि टन्टलापुर घाम पर्यो र उनी मुर्छै पर्न लागे । तब योनाले आफू मर्न पाए हुन्थ्यो भनी इच्छा गरे । तिनले आफैलाई भने, “मेरो निम्ति त जिउनुभन्दा मर्नु नै बेस हुन्छ ।”