कृपया पहिलेका पुस्ताहरूलाई सोध्नुहोस्, र हाम्रा पुर्खाहरूले सिकेका कुरामा आफ्नो ध्यान लगाउनुहोस् ।
TSK
TSK · योएल 1:2
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
कपाल फुलेका र पाका दुवै मानिसहरू हामीसित छन्, जो तपाईंका पिताभन्दा ज्यादै वृद्ध छन् ।
¶ ए सबै मानिसहरू हो, यो कुरा सुन । ए संसारका सबै बासिन्दाहरू हो कान थाप ।
¶ ए जातिहरू, नजिक आओ र सुन । ए मानिसहरू, ध्यान देओ । पृथ्वी र त्यसलाई भर्ने सबैले, संसार र त्यसबाट आएका सबै थोकले सुन्नुपर्छ ।
हाय! त्यो दिन कस्तो डरलाग्दो दिन हुनेछ । त्यस्तो अरू कुनै दिन हुनेछैन । यो याकूबको निम्ति दुःखकष्टको समय हुनेछ, तर त्यसबाट ऊ बचाइनेछ ।
¶ ए इस्राएलका मानिस हो, परमप्रभुको वचन सुन । यस देशका वासिन्दाहरूको विरुद्धमा परमप्रभुको एउटा मुद्धा छ, किनभने देशमा सत्यता, करारको विश्वस्तता, परमप्रभुको ज्ञान छैन ।
पवित्र उपवासको घोषणा गर, र पवित्र सभा आव्हान गर । परमप्रभु आफ्ना परमेश्वरको मन्दिरमा देशका सबै धर्मगुरुहरू र बासिन्दाहरूलाई भेला गराओ र, अनि परमप्रभुमा पुकार ।
¶ ए इस्राएलका मानिस हो, तिमीहरूका विरूद्धमा, मिश्रदेशबाट मैले निकालेर ल्याएको सम्पूर्ण परिवारको विरुद्धमा परमप्रभुले बोल्नुभएको यो वचन सुनः
¶ ए इस्राएलको घराना, तिमीहरूका विषयमा मेरो यो विलापको वचन सुन ।
¶ मैले भनेँ, “अब सुन, ए याकूबका अगुवाहरू र इस्राएलका घरानाका शासकहरू, के इन्साफलाई बुझ्नु तिमीहरूका निम्ति ठिक होइन र?
जोसँग कान छ, उसले सुनोस् ।”
मण्डलीहरूलाई आत्माले के भन्नुहुन्छ, जसको कान छ त्यसले सुनोस् । जसले जित्छ, त्यसलाई म जीवनको रुखबाट खाने अनुमति दिनेछु जुनचाहिँ परमेश्वरको स्वर्गलोक हो’ ।”