परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका बिचबाट तिमीहरूका दाजुभाइबाट मजस्तै एक जना अगमवक्ता खड गर्नुहुने छ । तिनको कुरा सुन्नू ।
TSK
TSK · यूहन्ना 10:35
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तब शाऊलले भने, “पलिश्तीहरूलाई राती गएर पिछा गरौं र बिहानसम्ममा तिनीहरूलाई लूटौं । तिनीहरूलाई एउटै पनि जीवित नछोडौं ।” तिनीहरूले जवाफ दिए, “तपाईंलाई जे असल लाग्छ सो गर्नुहोस् ।” तर पुजारी भने, “यहाँ परमेश्वरकहाँ जाऔं ।”
शाऊलले आफ्नो विरुद्धमा षड्यान्त्र गरिरहेका कुरा दाऊदलाई थाहा थियो । तिनले पुजारी अबीयाथारलाई भने, “एपोद यहाँ ल्याऊ ।”
दाऊदले निर्देशनको निम्ति परमप्रभुसँग यसरी प्रार्थना गरे, “के मैले यो फौजको पिछा गरे भने, म तिनीहरूलाई भेट्टाउन सक्छु?” परमप्रभुले तिनलाई जवाफ दिनुभयो, “खेदेर जा, किनकि तैंले तिनीहरूलाई निश्चय नै भेट्टाउनेछस् र तैंले निश्चय नै सबै थोक छुटाउनेछस् ।”
परमप्रभुले येहूसँग यसो भनेर बोल्नुभएको उहाँको वचन यही थियो, “तेरा सन्तानहरू इस्राएलको राजगद्धिमा चौथो पुस्तासम्म बस्नेछन् ।” त्यस्तै हुन आयो ।
तर परमप्रभुको वचन परमेश्वरका मानिस शमायाहकहाँ यसो भनेर आयो,
किनकि म तिमीहरूलाई साँचो रूपमा भन्दछु, कि स्वर्ग र पृथ्वी टलेर नगएसम्म र सबै कुरा पुरा नभएसम्म, व्यवस्थाको एउटै पनि कुरा वा बिन्दु बितेर जानेछैन ।
के तिमीहरू विचार गर्दछौ, कि मैले मेरा पितालाई पुकार्न सक्दिनँ र? के उहाँले मेरो निम्ति स्वर्गदूतहरूका बाह्र पल्टन पठाइदिनुहुन्न र?
स्वर्ग र पृथ्वी बितेर जान सक्ला तर व्यवस्थाको वचनबाट एउटा अक्षरको थोप्लो पनि रद्द हुनेछैन ।
उहाँले तिनीहरूलाई भन्नुभयो, “जब म तिमीहरूसँग थिएँ, मैले तिमीहरूलाई भनेको थिएँ कि मोशाको व्यवस्था, अगमवक्ताहरूको पुस्तक र भजनसङ्ग्रहको पुस्तकमा लेखिएका सबै कुराहरू पुरा हुनैपर्छ ।”
यसपछि येशूले सबै थोक पुरा गरिएको थियो भन्ने जान्नुभएको हुनाले धर्मशास्त्र पुरा हुनको लागि उहाँले भन्नुभयो, “मलाई तिर्खा लाग्यो ।”
“भाइहरू हो, येशूलाई पक्राऊ गर्नलाई अगुवाइ गर्ने यहूदाको बारे दाऊदको मुखबाट पवित्र आत्माले पहिला नै बोल्नुभएको धर्मशास्त्र पुरा हुनु आवश्यक थियो ।