TSK

TSK · यूहन्‍ना 11:6

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

तिनी तिनीहरूबाट एकातिर गई रोए । तिनीहरूकहाँ फर्केर आई तिनले तिनीहरूसित कुराकानी गरे । तिनले तिनीहरूका बिचबाट शिमियोनलाई लिएर तिनीहरूकै आँखाका सामु तिनलाई बाँधे ।

¶ योसेफले तिनको घरको भण्डारेलाई आज्ञा दिए, “ती मानिसहरूले लैजान सक्‍नेजति अनाज तिनीहरूका बोराहरूमा भरिदेऊ, र हरेकको बोराको मुखमा हरेकको रुपियाँ-पैसा पनि हालिदेऊ ।

तापनि परमप्रभुले तिमीहरू प्रति अनुग्रही हुनलाई आशा गरिरहनुभएको छ, यसकारण तिमीहरूलाई दया देखाउन उहाँ तयार हुनुहुन्छ । किनकि परमप्रभु न्यायको परमेश्‍वर हुनहुन्छ । उहाँको प्रतिक्षा गर्ने सबै जना धन्यका हुन् ।

र हेर, एउटी कनानी स्‍त्री त्यस क्षेत्रबाट बाहिर आइन् । तिनी चिच्‍च्‍याएर कराइन् र भनिन्, “हे प्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्; मेरी छोरी दुष्‍टात्माद्वारा धेरै नै सताइएकी छन् ।”