यी मानिसहरूजस्ता शत्रुहरूमाथि एक जना दुष्ट मानिसलाई नियुक्त गर्नुहोस् । त्यसको दाहिने हातपट्टि खडा हुनलाई एक जना दोष लगाउनेलाई नियुक्त गर्नुहोस् ।
TSK
TSK · यूहन्ना 13:27
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
भजनसंग्रह 109:6
TSK
उपदेशक 9:3
TSK
सूर्यमूनि गरिने हरेक कुराको लागि एउटा खराब दशा छ । तिनीहरू सबैमा उही कुरो आइपर्छ । मानिसको हृदय खराब कुराहरूले भरिएको छ, र तिनीहरू जिउँदा तिनीहरूको हृदयमा पागलपन हुन्छ । त्यसपछि तिनीहरू मरेकाहरूकहाँ जाने छन् ।
दानिएल 2:15
TSK
दानिएलले राजाका कमान्डरलाई सोधे, “किन महाराजाबाट तुरुन्तै यस्तो उर्दी आयो?” अनि अर्योकले जे भएको थियो त्यो दानिएललाई बताए ।
मर्कूस 6:25
TSK
तिनी तुरुन्तै राजाकहाँ आइन् र यसो भन्दै मागिन्, “मलाई झट्टै बप्तिस्मा-दिने यूहन्नाको शिर थालीमा दिनुहोस् भन्ने म चाहन्छु ।”
लुका 22:3
TSK
बाह्र जनामध्ये एउटा यहूदा इस्करियोतमा शैतान पस्यो ।
प्रेरित 5:3
TSK
तर पत्रुसले भने, “हननिया, पवित्र आत्मालाई झुट बोल्न र त्यस जमिनको मूल्यको केही अंश राख्नलाई तिम्रो हृदयलाई शैतानले किन भर्यो?