प्रस्थान 33:18
TSK
मोशाले भने, “कृपया, मलाई तपाईंको महिमा देखाइदिनुहोस् ।”
TSK
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
मोशाले भने, “कृपया, मलाई तपाईंको महिमा देखाइदिनुहोस् ।”
उसले परमेश्वरलाई प्रार्थना चढाउनेछ, र परमेश्वर ऊप्रति दयालु बन्नुहुनेछ, ताकि उसले आनन्दले परमेश्वरको मुहार हेर्छ । परमेश्वरले त्यो व्यक्तिलाई विजय दिनुहुन्छ ।
त्यसैले तपाईंको शक्ति र महिमा देख्नलाई तपाईंलाई मैले पवित्रस्थानमा हेरेको छु ।
अर्को दिन जब येशू गालीलतिर जान त्यस ठाउँलाई छोड्न चाहनुभयो, उहाँले फिलिपलाई भेट्नुभयो र उनलाई भन्नुभयो, “मलाई पछ्याऊ ।”
यिनीहरू फिलिपकहाँ गए जो गालीलको बेथसेदाका थिए र तिनलाई भने, “महाशय, हामी येशूलाई भेट्न चाहन्छौँ ।”
त्यहाँ कुनै श्राप हुनेछैन । परमेश्वर र थुमाको सिंहासन सहरमा हुनुहुनेछ, र उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछ्न् ।