TSK

TSK · यूहन्‍ना 15:9

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

आफ्नो मित्रको लागि आफ्नो ज्यानै दिनुभन्दा अर्को कुनै महान् प्रेम छैन ।

मैले तपाईंको नाउँलाई तिनीहरूका बिचमा परिचित तुल्याएको छु र मैले यसलाई परिचित तुल्याउनेछु, ताकि जुन प्रेमले तपाईंले मलाई प्रेम गर्नुभयो, त्यो तिनीहरूमा रहोस् र म तिनीहरूमा रहनेछु ।

अब मेरा प्रिय बालकहरू हो, उहाँमा रहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा साहस होस्‌ र उहाँको आगमनमा उहाँको सामु लज्‍जित हुनु नपरोस्‌ ।

अनि येशू ख्रीष्‍टबाट, जो विश्‍वासयोग्य गवाही हुनुहुन्छ, मृतकहरूमध्येबाट जीवित पारिनुभएका पहिलो र पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ; उहाँ जसले हामीलाई प्रेम गर्नुहुन्छ र उहाँको रगतद्वारा हामीलाई हाम्रा पापबाट स्वतन्त्र पार्नुभयो ।