तिनीहरूले उहाँलाई भने, “तिम्रा पिता कहाँ छन्?” येशूले जवाफ दिनुभयो, “तिमीहरूले न मलाई न त मेरा पितालाई चिन्छौ, तिमीहरूले मलाई चिनेका थियौ भने तिमीहरूले मेरा पितालाई पनि चिनेका हुन्थ्यौ ।”
TSK
TSK · यूहन्ना 16:3
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तिनीहरू मेरो नाउँको कारणले तिमीहरूलाई यी सबै कुराहरू गर्नेछन्, किनकि मलाई पठाउनुहुनेलाई तिनीहरू चिन्दैनन् ।
यो अनन्त जीवन होः तिनीहरूले तपाईंलाई अर्थात् एक मात्र साँचा परमेश्वर, र जसलाई तपाईंले पठाउनुभएको छ अर्थात् येशू ख्रीष्टलाई चिनून् ।
यस युगका कुनै पनि शासकहरूले यो ज्ञानलाई जानेनन्, तर तिनीहरूले त्यस समयमा यो कुरा बुझेका भए, तिनीहरूले महिमाको प्रभुलाई क्रुसमा टाँग्ने थिएनन् ।
जसले परमेश्वरलाई चिन्दैनन् र तिनीहरू जसले हाम्रा प्रभु येशूको सुसमाचार पालन गर्दैनन्, उहाँले तिनीहरूलाई बलिरहेको आगोमा बदला लिनुहुनेछ ।
म पहिला ईश्वरनिन्दा गर्ने, सताउने र एउटा हिंस्रक मानिस थिएँ । तर ती मैले अन्जानमा र अविश्वासमा गरेको कारण मैले कृपा प्राप्त गरेँ ।
जसले प्रेम गर्दैन, त्यसले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ ।