TSK

TSK · यूहन्‍ना 3:23

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

याकूब पद्दन-आरामबाट आउँदा तिनी शकेमको सहरमा सुरक्षितसाथ आइपुगे जुन ठाउँ कनान देशमा पर्छ । तिनले सहरनजिकै पाल टाँगे ।

ए धेरै पानी भएको ठाउँनेर बस्‍ने मानिसहरू हो, ए धेरै धन-सम्पत्ति भएका मानिसहरू हो, तिमीहरूको अन्त्य आएको छ । तिमीहरूको जीवनको धागो अब काटेर छोटो पारिएको छ ।

हेर, इस्राएलका परमेश्‍वरको महिमा पूर्वबाट आयो । उहाँको आवाज धेरै पानीको झैं थियो, र पृथ्वीले उहाँको महिमाको प्रकाश दियो ।

यूहन्‍ना उजाड-स्थानमा बप्‍तिस्मा दिँदै र पाप-क्षमाको निम्ति पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गर्दै आए ।

उहाँका पाउहरू भट्टीमा चम्किएका काँसाजस्ता थिए र उहाँको सोर उर्लंदो पानीको आवाजजस्तै थियो ।

अनि एउटा ठुलो भिडको आवाज जस्तो सोर, धेरै पानीको आवाज र गर्जनजस्तोले “हल्लेलूयाह” भनिरहेको मैले सुनेँ किनभने हाम्रा परमप्रभु सर्वशक्‍तिमान् परमेश्‍वरले राज्य गर्नुहुन्‍छ ।