TSK

TSK · यूहन्‍ना 5:18

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

“ए तरवार! मेरो गोठालोको विरुद्ध उठ्, जो मेरो नजिक उभिएको छ, सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ । गोठालोलाई प्रहार गर्, र बगाल तितर-बितर हुनेछ! किनभने तल्लो वर्गकाहरूका विरुद्ध म मेरो हात उठाउनेछु ।

अब यी कुराहरूका कारणले यहूदीहरूले येशूलाई सताए, किनकि उहाँले यी कुराहरू विश्रामको दिनमा गर्नुभएको थियो ।

¶ अनि यी कुराहरू भएपछि येशू गालीलभरि यात्रा गर्नुभयो, किनभने यहूदीहरूले उहाँलाई मार्न खोजिरहेका हुनाले उहाँ यहूदियामा जान चाहनुभएन ।

मोशाले तिमीहरूलाई खतनाको रीति दिए (यो मोशाबाट आएको होइन, तर पुर्खाहरूबाट आएको हो) अनि तिमीहरूले मानिसलाई विश्रामको दिनमा खतना गर्दछौ ।

येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई साँचो, साँचो भन्दछु, अब्राहाम हुनुभन्दा अगिदेखि नै म छँदै छु ।”

यहूदीहरूले उहाँलाई जवाफ दिए, “हामी तिमीलाई कुनै पनि असल कामहरूका लागि ढुङ्गाले हान्दै छैनौँ, तर ईश्‍वर-निन्दाको निम्ति हो, किनकि तिमी मानिस भएर आफैँलाई परमेश्‍वर बनाइरहेका छौ ।”

येशूले तिनलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, त्यसले मरो वचन पालन गर्नेछ । मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, अनि हामी त्यसकहाँ आउनेछौँ र त्यससँग हामी हाम्रो बासस्‍थान बनाउनेछौँ ।”

उहाँ परमेश्‍वरको स्वरूपमा हुनुहुन्थ्यो, तर पनि परमेश्‍वरसँगको आफ्नो बराबरीलाई उहाँले पक्रिराख्‍ने वस्तुझैँ ठान्‍नुभएन ।

¶ त्यसपछि स्वर्गदूतले मलाई स्फटिकजस्तो सफा जीवनको पानीको नदी देखाए । यो परमेश्‍वर र थुमाको सिंहासनबाट बगिरहेको थियो ।