किनकि मानिसका पुत्र हराएकाहरूलाई खोज्न र बचाउनको लागि आएका हुन् ।”
TSK
TSK · यूहन्ना 5:34
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
र उहाँको नाउँमा यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई पश्चात्ताप र पाप क्षमाको बारेमा प्रचार गर्नुपर्छ ।
येशूले जवाफ दिनुभयो, “यदि म आफैँले आफ्नो महिमा गरेँ भने मेरो महिमा केही पनि होइन । मलाई महिमित पार्नुहुने मेरा पिता हुनुहुन्छ, जसलाई तिमीहरू तिमीहरूका परमेश्वर भन्दछौ ।
किनकि केही यहूदीहरू विनाविश्वासका भए भन्दैमा के भयो त? के तिनीहरूको अविश्वासले परमेश्वरको विश्वासयोग्यतालाई अमान्य तुल्याउँछ र?
तर इस्राएललाई उहाँ भन्नुहुन्छ, “मैले मेरा हात दिनभरि अनाज्ञाकारी र हठी जातितिर फैलाएँ ।”
कमजोरहरूलाई जित्न सकूँ भनेर कमजोरहरूको लागि म कमजोर बनेँ । सबै उपायहरूद्वारा केहीलाई बचाउन सकूँ भनेर म सबै मानिसहरूका लागि सबै कुरा बनेको छु ।
आफैँलाई र आफ्नो शिक्षालाई होसियारीसाथ ध्यान देऊ । यी कुराहरूमा निरन्तर ध्यान देऊ किनकि यसो गर्नाले तिमीले आफुलाई र तिम्रो वचन सुन्नेहरूलाई बचाउने छौ ।