इस्राएलीहरू मानिसहरू बसोबास गरेको भूमिमा नआउञ्जेलसम्म तिनीहरूले चालिस वर्षसम्म मन्न खाइरहे । तिनीहरू कनान देशका सिमानाहरूमा नआउञ्जेलम्म यो खाइरहे ।
TSK
TSK · यूहन्ना 6:31
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
प्रस्थान 16:35
TSK
व्यवस्था 8:3
TSK
उहाँले तिमीहरूलाई विनम्र तुल्याउनुभयो; भोकले पीडित तुल्याउनुभयो र मन्न खुवाउनुभयो जसलाई तिमीहरूले चिनेका थिएनौ न त तिमीहरूका पिता-पुर्खाहरले चिनेका थिए । मानिस रोटीले मात्र नभई परमप्रभुको मुखबाट निस्केको हरेक कुराले बाँच्दछ भनी तिमीहरूलाई बुझाउन उहाँले यसो गर्नुभयो ।
नहेम्याह 9:15
TSK
तपाईंले तिनीहरूलाई तिनीहरूको भोक तृप्त पार्न स्वर्गबाट रोटी दिनुभयो, र तिनीहरूको तिर्खा मेट्न चट्टानबाट पानी दिनुभयो । तिनीहरूलाई दिन्छु भनी तपाईंले प्रतिज्ञा गर्नुभएको देशमा गएर अधिकार गर्न तिनीहरूलाई आज्ञा दिनुभयो ।
भजनसंग्रह 78:24
TSK
तिनीहरूलाई खानलाई उहाँले मन्न बर्साउनुभयो, र उहाँले तिनीहरूलाई स्वर्गको अन्न दिनुभयो ।
यूहन्ना 6:49
TSK
तिमीहरूका पिताहरूले मरुभूमिमा मन्न खाए, र तिनीहरू मरे ।
१ कोरिन्थी 10:3
TSK
र सबैले एउटै आत्मिक भोजन खाए ।