परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र त्यसको नाखबाट जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भयो ।
TSK
TSK · यूहन्ना 6:63
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई पुर्नजीवित पार्ने । परमप्रभुको साक्षी भरपर्दो छ, सोझोलाई बुद्धिमान बनाउने ।
तपाईंका सुझावहरूलाई म कहिल्यै बिर्सनेछैन, किनकि तपाईंले मलाई तिद्वारा नै जीवित राख्नुभएको छ ।
सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जानु? अनन्त जीवनको वचन तपाईंसँग छ ।
यदि तिमीहरूले व्यवस्था पालन गर्छौ भने वास्तवमा खतनाले तिमीहरूलाई लाभ दिन्छ, तर यदि तिमीहरू व्यवस्था भङ्ग गर्नेहरू हौ भने, तिमीहरूको खतना बेखतना हुन्छ ।
किनकि ख्रीष्ट येशूमा जीवनको आत्माको सिद्धान्तले मलाई पाप र मृत्युको सिद्धान्तबाट स्वतन्त्र बनाएको छ ।
त्यसकारण, विश्वास सुनाइबाट आउँछ, र सुनाइ ख्रीष्टको वचनद्वारा आउँछ ।
यसकारण जसले अयोग्य रीतिले रोटी खान्छ र कचौराबाट पिउँछ, ऊ प्रभुको शरीर र रगतको दोषी हुनेछ ।
परमेश्वरले हामीलाई नयाँ करारका सेवकहरू हुन योग्य बनाउनुभएको छ । यो करार अक्षरबाट होइन, तर आत्माबाट हो । किनकि अक्षरले मार्दछ, तर आत्माले जीवन दिन्छ ।
यदि हामी आत्माद्वारा जिउँछौँ भने, हामी आत्माद्वारा नै हिँडौँ ।
यही कारणको निम्ति हामी परमेश्वरलाई निरन्तर धन्यवाद दिन्छौँ । किनभने तिमीहरूले जब हामीबाट परमेश्वरको वचन, सन्देशको वचन पायौ तिमीहरूले मानिसको वचनको रूपमा मात्र ग्रहण गरेनौ, तर साँच्चै परमेश्वरको वचनको रूपमा नै ग्रहण गर्यौ
किनभने परमेश्वरको वचन जीवित र क्रियाशील अनि दुईधारे तरवारभन्दा पनि धारिलो छ । यसले आत्मा, प्राण र मासीलाई अलग गर्दछ र छेड्दछ अनि यो हृदयका भावना र विचारहरूको जाँच गर्न सक्षम छ ।
उहाँले सृष्टि गर्नुभएका सबै कुरामध्ये हामी पहिलो फलझैँ हुन सकौँ भनेर परमेश्वरले सत्यको वचनद्वारा हामीलाई जीवन दिनलाई चुन्नुभयो ।
ख्रीष्टले पनि पापका निम्ति एक पटक दुःख भोग्नुभयो । धर्मी भएर पनि उहाँले हामीलाई परमेश्वरमा ल्याउनको निम्ति हामी अधर्मीहरूका लागि दुःख भोग्नुभयो । उहाँले शारीरिक रूपमा मृत्यु वरण गर्नुभयो, तर उहाँ आत्मामा जीवित पारिनुभयो ।