यशैया 5:21
TSK
धिक्कार तिनीहरूलाई जो आफ्नै आँखामा बुद्धिमान र आफ्नै समझमा चतुर छन्!
TSK
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
धिक्कार तिनीहरूलाई जो आफ्नै आँखामा बुद्धिमान र आफ्नै समझमा चतुर छन्!
यसकारण, हेर्, म यी मानिसहरूका माझमा अचम्मका कुरा, आश्चर्यमाथि आश्चर्य गर्नलाई अघि बढ्नेछु । तिनीहरूका बुद्धिमान् मानिसहरूका बुद्धि नष्ट हुनेछ र तिनीहरूका विवेकशील मानिसहरूका समझ लोप हुनेछ ।”
तिनीहरूले जवाफ दिए र त्यसलाई भने, “तँ पूर्ण रूपमा पापमा जन्मेको थिइस् र हामीलाई सिकाउँदै छस्?” त्यसपछि तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए ।
बुद्धिमान् कहाँ छ? शिक्षित कहाँ छ? यो संसारको तर्क गर्ने कहाँ छ? के परमेश्वरले संसारको ज्ञानलाई मूर्खतामा परिणत गर्नुभएको छैन र?
तिमीहरूका माझमा बुद्धिमान् र समझदार को छ? त्यस व्यक्तिले बुद्धिको नम्रतामा आफ्ना कामहरूद्वारा एउटा असल जीवन जिएर देखाओस् ।