तिनीहरूले भने, “पछि हट्!” तिनीहरूले यसो पनि भने, “यो यहाँ परदेशी भएर बस्न आएको थियो, र अहिले हाम्रो न्यायकर्ता भएको छ! अब हामी तिनीहरूलाई भन्दा तँलाई नराम्रो व्यवहार गर्नेछौँ ।” तिनीहरूले ती मानिसहरू र लोतको विरुद्धमा दबाब दिए, र ढोका भत्काउनको निम्ति नजिक आए ।
TSK
TSK · यूहन्ना 7:52
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
उत्पत्ति 19:9
TSK
१ राजाहरू 22:24
TSK
तब केनानका छोरा सिदकियाह माथि उक्लेर आई मीकायाको गालामा थप्पड हानेर भने, “तिमीसित बोल्न परमप्रभुका आत्मा मबाट कुनचाहिँ बाटो भएर जानुभयो त?”
यशैया 9:1
TSK
¶ जो वेदनमा थियो, उसबाट नैराश्यता दूर गरिनेछ । जबूलूनको देश र नप्तालीको देशलाई, पहिलेको समयमा उहाँले होच्याउनुभयो, तर पछिल्लो समयमा उहाँले त्यसको समुद्र जाने बाटोमा, यर्दनपारि जातिहरूका गलीलमा त्यसलाई महिमित पार्नुहुनेछ ।
यूहन्ना 1:46
TSK
नथानेलले उनलाई भने, “के नासरतबाट कुनै असल कुरा आउन सक्छ र?” फिलिपले उनलाई भने, “आएर हेर!”
यूहन्ना 9:34
TSK
तिनीहरूले जवाफ दिए र त्यसलाई भने, “तँ पूर्ण रूपमा पापमा जन्मेको थिइस् र हामीलाई सिकाउँदै छस्?” त्यसपछि तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए ।