तँ गइरहेको देशका बासिन्दाहरूसित कुनै किसिमको करार नबाँध्न सावधन बस् नत्रता तिनीहरू तिमीहरूका बिचमा पासो बन्नेछन् ।
TSK
TSK · न्यायकर्ताहरू 21:1
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
यिप्ताले परमप्रभुसँग एउटा बाकल गरे र भने, “तपाईंले मलाई अम्मोनका मानिसहरूमाथि विजय दिनुभयो भने,
सबै मानिसहरू एक भएर खडा भए र तिनीहरूले भने “हामी कोही पनि आफ्नो पालमा जानेछैनौं र हामी कोही पनि घर फर्कनेछैनौं ।
इस्राएलका मानिसहरूले भने, “परमप्रभुको सभामा इस्राएलका कुलमध्ये कुनचाहिं आएन?” किनकि मिस्पामा परमप्रभुकहाँ नआउनेको बारेमा तिनीहरूले एउटा महत्त्वपूर्ण निर्णय गरेका थिए । तिनीहरूले भने, “त्यो निश्चय नै मारिनेछ ।”
हामीले तिनीहरूलाई आफ्ना छोरीहरूबाट पत्नीहरू दिन सक्दैनौं, किनकि इस्राएलका मानिसहरूले प्रतिज्ञा गरेका थिए, “बेन्यामीनीहरूलाई पत्नी दिने कुनै पनि व्यक्ति श्रापित होस् ।’”
त्यस दिन इस्राएलका मानिसहरू व्याकुल भएका थिए किनभने, “साँझसम्म र मैले आफ्ना शत्रुहरूमाथि बद्ला नलिएसम्म खाना खाने कुनै पनि मानिस श्रापित होस्” भनेर शाऊलले मानिसहरूलाई शपथ खान लगाएका थिए । त्यसैले फौजका कुनै पनि व्यक्तिले खाना चाखेका थिएनन् ।
बोल्नमा हतार नगर्, र परमेश्वरको सामु आफ्नो विषय लैजान तेरो हृदयमा आतुरी नगर् । परमेश्वर स्वर्गमा हुनुहुन्छ, तर तँ पृथ्वीमा छस् । त्यसैले तेरा वचनहरू थोरै होऊन् ।
तिनले शपथ खएर भने, “तिमीले मसित जे माग्छौ, म तिमीलाई मेरो राज्यको आधा भागसम्म पनि दिनेछु ।”
किनकि म तिनीहरूको विषयमा गवाही दिन्छु, कि तिनीहरूसँग परमेश्वरको निम्ति जोस छ, तर ज्ञानअनुसार छैन ।