TSK

TSK · न्यायकर्ताहरू 21:4

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

मेरो निम्ति माटोको वेदी बनाउनू, र त्यहाँ तिमीहरूले होमबलि, मेलबलि, भेडा र गोरुहरू बलिदान गर्नू । मेरो नाउँको आदर गरिने हरेक ठाउँमा म तिमीहरूकहाँ आएर तिमीहरूलाई आशिष् दिनेछु ।

यो शरणस्थानको माथिल्‍लो भागमा परमप्रभु तेरा परमेश्‍वरको निम्ति एउटा वेदी बना र त्‍यसलाई ठिक किसिमले बना । तैँले काटेर ढालेको अशेरा देवीको काठ प्रयोग गरेर दोस्रो साँढेलाई होमबलिको रूपमा चढा ।”

अनि त्यस दिन गाद दाऊदकहाँ आए र तिनलाई भने, “माथि जानुहोस् र यबूसी अरौनाको खलामा परमप्रभुको निम्‍ति एउटा वेदी बनाउनुहोस् ।”

त्यसै दिन राजाले परमप्रभुको मन्दिरको सामु चोकको बिचको भागलाई पनि अर्पण गरे, अनि तिनले त्यहाँ होमबलि, अन्नबलि र मेलबलिको बोसो चढाए, किनकि परमप्रभुको सामु राखिएको काँसाको वेदी यति सानो थियो कि त्यहाँ होमबलि, अन्नबलि र मेलबलिको बोसो चढाउन सकिँदैनथ्यो ।

तिनीहरूले आफ्ना दोष स्‍वीकार गरेर मेरो खोजी नगरेसम्म, र आफ्‍ना दु:खको समयमा मलाई तत्परतासाथ नखोजेसम्म, म जानेछु र आफ्नै ठाउँमा फर्कनेछु ।”