TSK

TSK · विलाप 3:39

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

कयिनले परमप्रभुलाई भने, “मेरो दण्ड मैले सहन सक्‍नेभन्दा धेरै भयो ।

त्यो देश तिनीहरूद्वारा त्यागिने छ, र यसैकारण त्यो त्यागिएको समयमा त्यसले शबाथ मनाउने छ । तिनीहरू आफैले मेरा आज्ञाहरू इन्‍कार गरेका र मेरा नियमहरूलाई घृणा गरेका हुनाले तिनीहरूले आफ्ना पापको दण्ड पाउने छन् ।

तर अर्को बिहान इस्राएलका सबै मानिसको समुदायले मोशा र हारून विरुद्ध गनगन गरे । तिनीहरूले भने, “तिमीहरूले परमप्रभुका मानिसहरूलाई मारेका छौ ।”

तब यहोशूले आफ्‍नो लुगा च्याते । तिनी र इस्राएलका धर्म-गुरुहरूले आ-आफ्‍नो शिरमा धूलो हाले र साँझसम्म नै परमप्रभुको सन्दुकको सामु भुइँमा घोप्टो परेर लम्पसार परिरहे ।

एलीशाले इस्राएलका राजालाई भने, “मेरो तपाईंसित के सरोकार छ र? तपाईंका बुबाआमाका अगमवक्ताहरूकहाँ जानुहोस् ।” त्यसैले इस्राएलका राजाले तिनलाई भने, “अहँ, परमप्रभुले हामी तिन जना राजालाई एकैसाथ मोआबको हातमा सुम्पिदिनलाई बोलाउनुभएको छ ।”

तिनीहरूसित तिनले बोल्‍दाबोल्‍दै सन्देशवाहक तिनीकहाँ आयो । राजाले भनेका थिए, “परमप्रभुबाट नै यो समस्‍या आउँछ । अब फेरि मैले किन परमप्रभुको प्रतीक्षा गरिरहने?”

उहाँले तपाईंलाई बुद्धिका रहस्यहरू देखाउनुहुन्‍थ्‍यो । किनकि समझशक्तिमा उहाँ महान् हुनुहुन्छ । तपाईंको अधर्मले पाउनेभन्दा थोरै दण्‍ड परमेश्‍वरले तपाईं दिनुहुन्छ भनी जान्‍नुहोस् ।

मान्छेको मूर्खताले त्यसको जीवन बर्बाद पार्छ, र त्यसको हृदय परमप्रभुको विरुद्धमा क्रोधित हुन्छ ।

तेरा छोराहरू मूर्छ परेका छन् । जालमा परेको चित्तलझैं तिनीहरू हरेक गल्‍लीको कुनाहरूमा ढल्‍नेछन् । परमप्रभुको क्रोध अर्थात् तिमीहरूका परमेश्‍वरको हप्‍कीले तिनीहरू भरिएका छन् ।

तेरो घाउको लागि किन मदतको माग्‍दैछस्? तेरो पीडालाई निको पार्न सकिंदैन । तेरा धेरै अधर्म र तेरा अनगिन्ती पापको कारणले मैले तँमाथि यी कुरा ल्याएको हुँ ।

तपाईंले मलाई गहिरा ठाउँहरूमा, समुद्रको अन्‍तस्‍करणमा नै फाल्‍नुभएको थियो, अनि धारहरूले मलाई घेरे, र तपाईंका सबै छालहरू र लहरहरू ममाथि भए ।

मैले परमप्रभुको विरुद्ध पाप गरेको कारणले, उहाँले मेरो विषयमा वकालत नगर्नुभएसम्म, र मेरो निम्ति इन्साफ नगर्नुभएसम्म मैले उहाँको क्रोध सहनेछु ।

तिनीहरू प्रचण्ड तापद्वारा डढे, र तिनीहरूले यस विपत्तिहरूमाथि शक्‍ति भएका परमेश्‍वरको नाउँको निन्दा गरे । तिनीहरूले पश्‍चात्ताप गरेनन् वा उहाँलाई महिमा दिएनन् ।