परमेश्वरले तिनीहरूलाई आशिष्् दिनुभयो र भन्नुभयो,“फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ । पृथ्वीमा भरिँदै जाओ, र त्यसलाई आफ्नो वशमा राख । समुद्रका माछाहरू, आकाशका पक्षीहरू, र पृथ्वीमा चलहल गर्ने सबै जीवित प्राणीहरूमाथि अधिकार गर ।”
TSK
TSK · लेवीहरू 12:2
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
उत्पत्ति 1:28
TSK
लेवीहरू 5:3
TSK
वा त्यसले कसैको अशुद्धता छोयो भने, चाहे त्यो अशुद्धता जेसुकै होस्, र त्यसबारे त्यो अजान छ भने, त्यसबारे त्यसलाई थाहा भएपछि त्यो दोषी हुने छ ।
लेवीहरू 15:19
TSK
कुनै स्त्रीको महिनावारी भयो भने, त्यसको अशुद्धता सात दिनसम्म रहने छ, र त्यस स्त्रीलाई छुने मानिस साँझसम्म अशुद्ध हुने छ ।
अय्यूब 14:4
TSK
अशुद्ध कुराबाट कसले शुद्ध कुरा ल्याउन सक्छ र? कसैले सक्दैन ।
अय्यूब 25:4
TSK
तब कसरी मानिस परमेश्वरसित धर्मी ठहरिन सक्छ त? स्त्रीबाट जन्मेको मानिस कसरी उहाँको सामु शुद्ध, ग्रहणयोग्य हुन सक्छ?
लुका 2:22
TSK
मोशाको व्यवस्थाअनुसार तोकिएका शुद्धिकरणका दिनहरू सकिएपछि, योसेफ र मरियमले सानो बालकलाई परमप्रभुको उपस्थितिमा यरूशलेममा ल्याए ।