तँ र तँपछिका तेरा सन्तानका परमेश्वर हुनलाई तेरो र मेरो र तँपछिका तेरा सन्तानको बिचमा नित्य रहिरहने करार म स्थापित गर्नेछु ।
TSK
TSK · लेवीहरू 18:2
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
“म परमप्रभु तिमीहरूका परमेश्वर हुँ जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको घरबाट निकालेर ल्याएँ ।
मेरो व्यवस्था तिमीहरूले पालन गर्नू, र मेरा आज्ञाहरू मान्नू, र तीअनुसार तिमीहरू हिँड्नू, किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।
हरेकले आफ्ना आमा र बुबालाई आदर गर्नू, र मेरो शबाथ पालन गर्नू । म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।
तिमीहरूसँग बसोबास गर्ने परदेशी तिमीहरूका निम्ति तिमीहरूसँगै बसोबास गर्ने इस्राएलमै जन्मेको मानिसझैँ होस्, र त्यसलाई आफैलाई झैँ प्रेम गर्नू, किनभने तिमीहरू पनि मिश्र देशमा परदेशी नै थियौ । म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।
तिमीहरूका सामुबाट मैले निष्कासन गरेका जातिहरूका रीतिरिवाजहरूमा तिमीहरू नहिँड्नू, किनभने तिनीहरूले यी सबै कुरा गरे, र मैले तिनीहरूलाई घृणा गरेँ ।
तिनीहरूलाई भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः जुन दिन मैले इस्राएललाई छानें, र याकूबको घरानासित शपथ खानलाई मैले हात उचाले र मैले आफूलाई मिश्रदेशमा तिनीहरूका बिचमा प्रकट गरें । जति बेला तिनीहरूसित शपथ खान मैले आफ्नो हात उचालें । मैले भनें, “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ”—
म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, मेरा विधिहरूमा हिंड, र मेरा नियमहरू मान र पालन गर ।