कुनै पनि विवादको बारेमा अथवा गोरु, गधा, भेडा, लुगाफाटा वा कुनै पनि हराएको वस्तुको विषयमा कसैले “यो मेरो हो” भन्यो भने दुवै पक्षका दाबीलाई न्यायकर्ताहरूको सामु ल्याइनुपर्छ । न्याकर्ताहरूले जसलाई दोषी पाउँछन् त्यसले आफ्नो छिमेकीलाई दुई गुणा तिरोस् ।
TSK
TSK · लेवीहरू 6:3
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तिनीहरूका नग्नता ढाक्नलाई सुतीका भित्री पोशाकहरू बनाउनू जसले तिनीहरूको कम्मरदेखि जाँघसम्म ढाकून् ।
त्यसले सूतीको पवित्र दौरा, र सूतीको भित्री वस्त्र पहिरोस्, र सूतीको पटुका र सूतीको फेटा लगाओस् । यी पवित्र पोशाक हुन् । त्यसले आफ्नो शरीर पानीले नुहाएर यी पोशाक लगाओस् ।
¶ आफ्नो इस्राएली छिमेकीको गोरु वा भेडा तर्केर गएको देख्दा त्यसलाई नदेखेको जस्तो नगर्नू । तिमीले त्यसलाई फर्काएर त्यसकहाँ ल्याइदिनू ।
तिनीहरू भन्छन्छन्, 'जीवित परमप्रभुको नाउँमा' तापनि तिनीहरूले झूटा शपथ खाँदैछन् ।”
जब तिनीहरू मानिसहरूकहाँ बाहिरी चोकमा जान्छन्, तब तिनीहरूले सेवा गर्दा लगाइरहेको वस्त्र खोल्नुपर्छ । तिनीहरूले ती खोल्नैपर्छ र ती पवित्र कोठामा राक्नुपर्छ, ताकि ती विशेष पहिरनको छुवाइले तिनीहरूले अरू मानिसहरूलाई पवित्र नबनाऊन् ।
“अनि न्यायको निम्ति म तिमीहरूको नजिक आउनेछु । टुनामुना गर्नेहरू, व्यभिचारीहरू, झुटा साक्षी दिनेहरू, ज्यालादारीमा काम गर्ने श्रमिक, विधवा र टुहुरा-टुहुरीलाई दमन गर्नेहरू, परदेशीहरूलाई सहायता नगर्नेहरू, र मलाई आदर नगर्नेहरूका विरुद्ध म नै साक्षी हुनेछु,” सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।