यिनीहरू नोआ बारेका घटनाहरू थिए । नोआ तिनका समयमा मानिसहरूमा धर्मी र दोषरहित मानिस थिए । नोआ परमेश्वरसँग हिँडे ।
TSK
TSK · लुका 2:25
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
मोशाले तिनलाई भने, “के तिमी मेरो खातिर डाही हुन्छौ? परमप्रभुले उहाँका सबै मानिसमाथि उहाँको आत्मा राखेर तिनीहरू अगमवक्ताहरू भए कति राम्रो हुन्थ्यो!”
परमप्रभुले त्यसलाई भन्नुभयो, “के तैंले मेरो दास अय्यूबलाई विचार गरेको छस्? किनकि पृथ्वीमा त्योजस्तो दोषरहित र सोझो मानिस कोही छैन जो परमेश्वरको भय मान्छ र खराबीबाट अलग बस्छ ।”
¶ तिमीहरूका परमेश्वर भन्नुहुन्छ, “सान्त्वना, मेरा मानिसहरू सान्त्वना ।
ए मानिस, उहाँले तँलाई जे असल छ त्यो, र तँबाट परमप्रभुले चाहनुभएको कुरा बताउनुभएको छ । न्यायपूर्ण काम गर, कृपालाई प्रेम गर, र आफ्ना परमेश्वरसँग नम्र भएर हिँड ।
परमेश्वरको दृष्टिमा तिनीहरू दुवै धर्मी थिए । तिनीहरूले परमेश्वरका सबै आज्ञाहरू पालना गर्दथे र निर्दोष जीवन जिउँथे ।
उनका पिता जकरिया पवित्र आत्माले भरिए र यसो भन्दै अगमवाणी गरे,
(उनी तिनीहरूका निर्णय र क्रियाकलापसँग सहमत थिएनन्), उनी यहूदिया सहर अरिमाथियाका थिए, जसले परमेश्वरको राज्यको प्रतीक्षा गरिरहेका थिए ।
तिनीहरूले भने, “परमेश्वरको आराधना गर्ने कर्नेलियस नाउँ गरेका कप्तान धर्मी मानिस हुनुहुन्छ जो सारा यहूदी जातिको बिचमा प्रसिद्ध हुनुहुन्छ । परमेश्वरका पवित्र स्वर्गदूतले तपाईंलाई बोलाएर उहाँको घरमा ल्याऊ भनी उहाँलाई आज्ञा दिए ताकि उहाँले तपाईंको सन्देश सुन्न सकून् ।”
हेर, हामीले खुसीसाथ आशा गरिरहेका अर्थात् हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमा प्रकट हुने कुरालाई हामीले प्राप्त गर्न प्रतिक्षा गर्दा, हरेककहाँ मुक्ति ल्याउन सक्षम परमेश्वरको अनुग्रह देखा परेको छ,