तब योसेफले आफ्ना बुबा याकूबलाई पनि फारोकहाँ हाजिर गराए । याकूबले फारोलाई आशीर्वाद दिए ।
TSK
TSK · लुका 2:34
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
त्यसपछि हारूनले आफ्ना हात मानिसहरूतर्फ उठाएर तिनीहरूलाई आशिष् दिए, अनि पापबलि, होमबलि र मेलबलि अर्पण गर्ने स्थानबाट तिनी तल झरे ।
किनको तपाईंको मन्दिरको जोशले मलाई खाएको छ र तपाईंलाई हप्काउनेहरूका हप्कीहरू ममाथि परेको छ ।
हेर, म र परमप्रभुले मलाई दिनुभएको छोरा सियोन पर्वतमा वास गर्नुहुने सर्वशक्तिमान् परमप्रभुबाट, इस्राएलको निम्ति चिन्हहरू र आश्चर्य कामहरू हुन् ।
मानिसका पुत्र खाँदै र पिउँदै आए र तिनीहरू भन्छन्, ‘हेर, ऊ एउटा घिचुवा मान्छे हो अनि पियक्कड, कर उठाउनेहरू र पापीहरूको मित्र हो!’ तर बुद्धिचाहिँ तिनको कामहरूले सिद्ध हुन्छ ।”
जो यस ढुङ्गामा खस्दछ, त्यो टुक्रा-टुक्रा पारिनेछ । तर जसमाथि यो खस्दछ, त्यो कुल्चिनेछ ।”
“तिमी जसले मन्दिरलाई भत्काएर तिन दिनमा बनाउन गइरहेका थियौ, आफैँलाई बचाऊ! यदि तिमी परमेश्वरका पुत्र हौ भने, क्रुसबाट तल ओर्ल!”
किनकि दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, र त्यो ज्योतितर्फ आउँदैन, ताकि त्यसका कार्यहरू प्रकट नहोऊन् ।
यहूदीहरूले जवाफ दिए, र उहाँलाई भने, “के ‘तिमी सामरी हौ, र तिमीलाई भूत लागेको छ’ भनी हामीले भनेको साँचो होइन र?”
यसकारण इस्राएलका सबै घरानाले यो निश्चयसाथ जानून कि यही येशू जसलाई तपाईंहरूले क्रुसमा टाँग्नुभयो, परमेश्वरले उहाँलाई प्रभु र ख्रीष्ट दुवै बनाउनु भयो ।
परमप्रभु र उहाँका ख्रीष्टको विरुद्धमा पृथ्वीका राजाहरू एक मत भए र शासकहरू एकसाथ भेला भए ।
¶ तर शाऊल अझै प्रभुका चेलाहरूको विरुद्धमा हत्याको धम्की दिँदै प्रधान पूजाहारीकहाँ गए
तर जब तिनीहरूले पावल र सिलासलाई भेटाएनन्, तब यासोन र केही भाइहरूलाई घिसार्दै सहरका अधिकारीहरूकहाँ ल्याए । तिनीहरूले कराएर भने, “संसारलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आइपुगेका छन् ।”
तर हामीले यस पन्थको बारेमा के विचार गर्नुहुन्छ भन्ने कुरा तपाईंबाट सुन्न चाहन्छौँ, किनकि यसको विरुद्धमा बोलिन्छ भनेर हामीहरूले जन्दछौँ ।
तर हामीचाहिँ क्रुसमा मर्नुभएका येशूको प्रचार गर्छौ, जुन यहूदीहरूका निम्ति ठेस लाग्ने ढुङ्गो हो, र ग्रिकहरूका निम्ति मूर्खता हो ।
¶ यिनै मल्कीसेदेक शालेमका राजा, सर्वोच्च परमेश्वरका पुजारी थिए । अब्राहाम लडाइँ जितेर फर्की रहेको बेलामा मल्कीसेदेकले तिनलाई भेटेर आशीर्वाद दिए ।
¶ यसकारण, हामी यतिका धेरै साक्षीहरूका बादलले घेरिएका हुनाले हर प्रकारका बोझ र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्छाऔँ । हाम्रा अघि राखिदिएको दौडलाई धैर्यसाथ दोडौँ ।
तिमीहरू ख्रीष्टको नाउँको कारण अपमानित भयौ भने तिमीहरू धन्यका हौ, किनकि महिमाका आत्मा र परमेश्वरका आत्मा तिमीहरूमाथि रहनुहुन्छ ।