पछि ती स्त्रीले एउटा छोरो जन्माइन्, र तिनको नाउँ शिमशोन राखिन् । त्यो बालक बढ्दै गयो र परमप्रभुले उसलाई आशिष् दिनुभयो ।
TSK
TSK · लुका 2:40
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
बालक शमूएल बढ्दै गए, र परमप्रभु र मानिसहरूको निगाहमा हुर्किए ।
तपाईंले मलाई गर्भबाट ल्याउनुभयो । मैले आमाको दूध खाँदा नै तपाईंले मलाई तपाईंमा भरोसा गर्ने बनाउनुभयो ।
¶ यिशैको ठुटोबाट एउटा टुसा पलाउनेछ र त्यसका जराहरूबाट पलाएको एउटा हाँगाले फल फलाउनेछ ।
त्यसपछि बालक हुर्के र आत्मामा बलियो भए, र उनी इस्राएलमा देखा नपरेसम्म उजाड-स्थानमा नै बसे ।
तर येशू बुद्धिमा, कदमा र परमेश्वर अनि मानिसको निगाहमा निरन्तर बढ्दै जानुभयो ।
ठुलो शक्तिसाथ प्रेरितहरूले प्रभु येशूको पुनरुत्थानको बारेमा गवाही घोषणा गर्दैथिए र उनीहरू सबैमाथि ठुलो अनुग्रह थियो ।
प्रेम र समझको पूर्ण निश्चयताको प्रशस्ततामा र परमेश्वरको गुप्त सत्यताको ज्ञान अर्थात् ख्रीष्टमा तिनीहरूका हृदयहरू एक साथ ल्याइएर तिनीहरू उत्साहित होऊन् भनेर म काम गर्दछु ।