TSK

TSK · लुका 3:20

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

यसबाहेक, यरूशलेमको एउटा कुनादेखि अर्को कुनासम्म मृत्युले नभरिएसम्‍म नै मनश्शेले धेरै निर्दोष रगत बगाए । अनि परमप्रभुको दृष्‍टिमा जे खराब थियो, यहूदालाई त्यही गर्न लगाएर तिनले गरेका पापको पनि थियो ।

यहोयादाको मृत्युपछि यहूदाका अधिकारीहरू राजाकहाँ आएर आदर देखाए । तब राजाले तिनीहरूका कुरा सुने ।

तब तिनीहरू अनाज्ञाकारी बने, र तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरे । तिनीहरूले तपाईंको व्यवस्थालाई पिठिउँ फर्काए । तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे जसले तिनीहरूलाई तपाईंकहाँ फर्कन चेताउनी दिएका थिए । तिनीहरूले ठुलो ईश्‍वर-निन्दा गरे ।

तर दाखबारीका खेतालाहरूले उनका नोकरहरूलाई वशमा लिए; एउटालाई पिटे; अर्कोलाई मारे, र अर्कोलाई चाहिँ ढुङ्गाले हिर्काए ।

यसकारण, तिमीहरू आफैँले तिमीहरू तिनीहरूका सन्तान हौ भनी गवाही दिन्छौ जसले अगमवक्‍ताहरूको हत्या गरे ।

किनकि यूहन्‍ना यस बेलासम्म झ्यालखानामा परेका थिएनन् ।

किनभने तिनीहरूले विश्‍वासी र अगमवक्‍ताहरूको रगत बगाएका छन्, तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभयो, तिनीहरू यसैको योग्य छन् ।”