TSK

TSK · मर्कूस 11:12

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

चालिस दिन र चालिस रात उहाँ उपवासमा रहनुभएपछि उहाँ भोकाउनुभयो ।

त्‍यहाँ उहाँ चालिस दिनसम्म दियाबलसद्वारा परीक्षामा पर्नुभयो । ती दिनहरूमा उहाँले केही पनि खानुभएको थिएन, र त्‍यो समयको अन्त्‍यमा उहाँ भोकाउनुभएको थियो ।

त्‍यसै बेला चेलाहरूले उहाँलाई यसो भन्‍दै अनुरोध गरिरहेका थिए, “रब्‍बी, खानुहोस् ।”

त्यसैले, उहाँका भाइहरूजस्तै बन्‍न उहाँका निम्ति सबै क्षेत्रमा आवश्यक थियो । त्यसकारण, उहाँ परमेश्‍वरका कुराहरूसम्बन्धी दयापूर्ण र विश्‍वासयोग्य हुनुभई परमेश्‍वरका महान् पुजारी हुनुभयो । त्यसैले, उहाँले सबै मानिसका पापको क्षमा ल्याउन सक्‍नुभयो ।