हे मेरो छोरो, मलाई तेरो हृदय दे, र तेरा आँखाले मेरा मार्गहरू हेरून् ।
TSK
TSK · मर्कूस 12:17
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तैँले परमेश्वरमा भाकल गर्दा त्यसलाई पुरा गर्न ढिलो नगर्, किनकि परमेश्वर मूर्खहरूसित रमाउनुहुन्न । तैँले जे गर्छु भनेर भाकल गरेको छस्, त्यो गरिहाल् ।
उनले भने, “तिर्छन् ।” तर जब पत्रुस घरभित्र गए, येशू पहिले उनीसँग बोल्नुभयो र भन्नुभयो, “सिमोन, तिम्रो विचार के छ? पृथ्वीका राजाहरूले कोबाट कर वा महसुल पाउँछन्? तिनीहरूका प्रजाबाट कि परदेशीहरूबाट?”
जब भिडले यो सुन्यो, तिनीहरू उहाँको शिक्षामा छक्क परे ।
तिमीले आफ्ना परमप्रभु परमेश्वरलाई आफ्ना सारा हृदय, सारा प्राण, सारा मन र सारा शक्तिले प्रेम गर्नुपर्दछ ।’
आफ्नो शरीरका अङ्गहरूलाई अधार्मिकताका साधनहरूको रूपमा प्रयोग गर्न नदेओ । तर आफैँलाई परमेश्वरको निम्ति अहिले जिइरहेको मृतकको रूपमा देओ । अनि आफ्नो शरीरका अङ्गहरूलाई परमेश्वरको लागि धार्मिक साधनको रूपमा प्रयोग गर्नलाई देओ ।
तिर्नु पर्नेलाई तिर; कर तिर्नुपर्नेलाई कर र महसुल दिनुपर्नेलाई महसुल देऊ; डर मान्नुपर्नेको डर मान; जसको इज्जत गर्नुपर्ने हो, उसको इज्जत गर ।
तर तिनीहरू सबै जनाले नै अगमवाणी गर्छौ र कोही अविश्वासी वा बाहिरको व्यक्ति भित्र आयो भने उसले सुनेको कुराले उसलाई पापको बोध हुनेछ । भनिएका सबै कुराहरूद्वारा ऊ जाँचिनेछ ।
सबै मानिसको आदर गर । भातृत्वलाई प्रेम गर । परमेश्वरको भय मान । राजाको आदर गर ।