TSK

TSK · मर्कूस 14:7

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

किनकि म भोकाएको थिएँ, अनि तिमीहरूले मलाई खान दियौ; म प्यासी थिएँ र तिमीहरूले मलाई पिउन दियौ; म परदेशी थिएँ र तिमीहरूले मलाई भित्र आउन दियौ;

येशूले भन्‍नुभयो, “तिनीसँग मेरो दफनको दिनको लागि जे छ, त्यो राख्‍न देऊ ।

तर अहिले म मलाई पठाउनुहुनेकहाँ जाँदै छु, तर पनि तिमीहरू कसैले पनि ‘तपाईं कहाँ जाँदै हुनुहन्छ?’ भनी मलाई सोध्दैनौ ।

अब उप्रान्त म संसारमा हुन्‍नँ, तर यी मानिसहरू संसारमा छन् र म तपाईंकहाँ आउँदै छु । हे पवित्र पिता, यिनीहरूलाई तपाईंको नाउँमा सुरक्षा दिनुहोस् जसलाई तपाईंले मलाई दिनुभएको छ, ताकि जसरी हामी एक छौँ त्यसरी नै तिनीहरू एक होऊन् ।

सेवाको कामले तिमीहरू जाँचिदा र प्रमाणित हुँदा येशू ख्रीष्‍टको सुसमाचारलाई स्वीकार गर्ने आज्ञाकारिताको कारण तिमीहरूले परमेश्‍वरलाई पनि महिमित तुल्याउनेछौ । तिमीहरूले तिनीहरूलाई र सबैलाई उदारसँग दिएको भेटीका कारण पनि परमेश्‍वरलाई महिमित तुल्याउनेछौ ।

मेरा भाइहरू हो, यदि कोही मानिसले उसित विश्‍वास छ भनी भन्दछ तर उसले कुनै काम गर्दैन भने, त्यसबाट के लाभ? के त्यस विश्‍वासले उसलाई बचाउन सक्छ र?