TSK

TSK · मर्कूस 15:1

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

पृथ्वीका राजाहरू एकसाथ मिलेर साँठगाँठ गर्छन् अनि परमप्रभु र उहाँको अभिषिक्‍त जनको विरुद्धमा शासकहरू यसो भनेर षड्यान्त्र रच्‍छन्,

“हेर, हामीहरू यरूशलेमतर्फ जाँदै छौँ, र मानिसका पुत्र मुख्य पुजारीहरू र शास्‍त्रीहरूका हातमा सुम्पिनेछन् । तिनीहरूले उनलाई मृत्युदण्डको दोष लगाउनेछन्,

“हेर, हामी यरूशलेमतिर जाँदै छौँ, र मानिसका पुत्रलाई त्यहाँ मुख्य पुजारीहरू र शास्‍त्रीहरूका हातमा सुम्पिनेछ । तिनीहरूले उसलाई मृत्यदण्डको दोष लगाउनेछन् र गैरयहूदीहरूकहाँ सुम्पिदिनेछन् ।

बिहान हुनेबितिकै, मुख्य पुजारीहरू र शास्‍त्रीहरू दुवै मानिसहरूका धर्म-गुरुहरू सँगै भेला भए । तिनीहरूले उहाँलाई परिषद्‍मा लगे र

त्यसपछि तिनीहरूले येशूलाई कैयाफाबाट राज्यपालको महलमा लगे । बिहान सबेरै थियो, तिनीहरू राज्यपालको महलमा पसेनन्, ताकि तिनीहरूले अशुद्ध नहोऊन् तर निस्तार-चाड खान सकून् ।

अर्को दिन तिनीहरूका शासकहरू, एल्डरहरू र शास्‍त्रीहरू यरूशलेममा जम्मा भए ।