आफ्ना कान थाप र मकहाँ आओ । सुन, ताकि तिमीहरू बाँच्न सक्छौ । मैले दाऊदलाई प्रतिज्ञा गरेको मेरो भरपर्दो र विश्वायोग्य प्रेमले— तिमीहरूसँग म अनन्त करार गर्नेछु ।
TSK
TSK · मर्कूस 4:24
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
बादल आयो र उहाँहरूलाई छोप्यो । तब बादलबाट एउटा आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन् र यिनले भनेका कुरा सुन ।”
त्यसैकारण, तिमीहरू कसरी सुन्छौ, त्यसमा होसियार होओ, किनभने जससँग छ त्यसलाई धेरै दिइनेछ, जससँग छैन उसले आफूसँग जे छ भनी सोचेको छ त्योसमेत उसबाट खोसिनेछ ।”
मेरा अरू भेडाहरू छन् जो यो भेडाको खोरका होइनन् । मैले तिनीहरूलाई पनि ल्याउनुपर्छ र तिनीहरूले मेरो सोर सुन्नेछन्, ताकि त्यहाँ एउटै बगाल र एउटै गोठालो हुन सकोस् ।
थेसलोनिकेमा भएका मानिसहरूभन्दा यहाँका मानिसहरू असल थिए किनभने यिनीहरूले सिकाइएका कुराहरू त्यस्तै हुन् कि होइनन् भनी दैनिक रूपमा धर्मशास्त्रबाट जाँच्दै खुल्ला रूपमा परमेश्वरको वचनलाई ग्रहण गर्थे ।
¶ त्यसकारण, हामीले जे सुनेका छौँ त्यसमा हामीले सबैभन्दा बढी ध्यान दिनुपर्छ । त्यसैले, यसबाट बहकिएर हामी टाढा जानुहुँदैन ।
¶ इस्राएलीहरूकहाँ झुटा अगमवक्ताहरू आए, अनि तिमीहरूकहाँ पनि झुटा शिक्षकहरू आउनेछन् । तिनीहरूले आफूसँग गोप्य रूपमा विनाशसकारी झुटा शिक्षाहरू ल्याउनेछन् र तिनीहरूलाई उद्धार गर्नुहुने गुरुलाई पनि इन्कार गर्नेछन् । तिनीहरूले आफूमाथि चाँडै विनाश ल्याउनेछन् ।