TSK

TSK · मर्कूस 6:11

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

जस्‍तो म जीवित छु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो, तँ र तेरा छोरीहरूले जति धेरै दुष्‍टता गरेका छौ त्‍यति तेरी बहिनी सदोम र त्‍यसका छोरीहरूले गरेनन् ।

तब येशूले ती सहरहरूलाई हकार्न थाल्नुभयो जहाँ उहाँका धेरैजसो शक्‍तिशाली कार्यहरू भएका थिए, किनकि तिनीहरूले पश्‍चात्ताप गरेका थिएनन् ।

कसैले तिमीहरूलाई ग्रहण गर्दैन भने, जब तिमीहरू त्यस सहरलाई छोडछौ, तिनीहरूका विरुद्धमा साक्षीका लागि तिमीहरूका खुट्टाको धुलोसमेत टकटकाइदेओ ।”

यदि म आएको थिइनँ, र तिनीहरूसँग बोलेको थिइनँ भने त, उनीहरूमा पाप हुने थिएन, तर अब त तिनीहरूसित आफ्नो पापको लागि कुनै बहाना छैन ।

तर जब यहूदीहरूले पावलको विरोध गरे, तब आफ्नो कपडा टकटक्याउँदै पावलले तिनीहरूलाई यसो भने, “तिमीहरूको रगत तिमीहरूकै शिरमाथि परोस्; म निर्दोष छु । अबदेखि म अन्यजातिहरूकहाँ जानेछु ।”

अनि परमेश्‍वरप्रति पनि यही कुरो लागु हुन्छ । त्यो मेरो सुसमाचारअनुसार येशू ख्रीष्‍टद्वारा परमेश्‍वरले सबै मानिसहरूको गोप्य कुराहरूको इन्साफ गर्नुहुने दिन हुनेछ ।

किनकि यदि सत्यताको ज्ञान पाएर पनि हामी जानिबुझिकन पाप गरिरहन्छौँ भने, पापका लागि कुनै बलिदान बाँकी रहँदैन ।

त्यसैले, धर्मीहरूलाई परीक्षाबाट कसरी बचाउनुपर्छ र अधर्मीहरूलाई न्यायको दिनमा सजायको निम्ति कसरी तयारी राख्‍नुपर्छ भन्‍ने उहाँ जान्‍नुहुन्छ ।

न्यायको दिनमा हामीमा दृढता होस् भनेर यसैमा प्रेम हामीमाझ सिद्ध बनाइएको छ, किनभने उहाँ जस्तो हुनुहुन्छ, हामी यस संसारमा त्यस्तै छौँ ।