TSK

TSK · मर्कूस 7:5

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

जब शास्‍त्रीहरू, जो फरिसीहरू थिए, तिनीहरूले येशू पापीहरू र कर उठाउनेहरूसँग खाना खाइरहेको देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने “उहाँले किन पापीहरू र कर उठाउनेहरूसँग खानुहुन्छ?”

तपाईंले अन्यजातिहरूका माझमा बस्‍ने सारा यहूदीहरूलाई मोशालाई त्याग्‍न भनी सिकाउनुहुन्छ, र आफ्ना बच्‍चाहरूको खतना नगर्नू र पुराना रीतिरिवाज नमान्‍नू भन्‍नुहुन्छ भनी तपाईंको बारेमा तिनीहरूलाई भनिएको छ ।

यसको अर्थ यो हो, कि अब्राहाम खतनाबाट आएकाहरूका निम्ति मात्र होइन, तर हाम्रा पिता अब्राहामको कदम पछ्याउनेहरूका निम्ति पनि पिता भए । र उनी बेखतनामा हुँदा नै उनीसँग विश्‍वास थियो ।

अब हाम्रा प्रभु येशूको नाउँमा भाइहरूलाई आज्ञा गर्दछौँ कि, तिमीहरूले अल्छे भाइहरूलाई अलग गर जसले हामीले सिकाएको परम्परालाई कार्यान्वयन गर्दैनन् जुन कुराहरू तिमीहरूले हामीबाट ग्रहण गरेका छौ ।