TSK

TSK · मर्कूस 8:36

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

शैतानले परमप्रभुलाई जवाफ दियो र भन्‍यो, “वस्‍तवमा नै छालाको साटो छाला हुन्‍छ । एक जना मानिसले आफ्नो ज्यानको लागि आफूसित भएका सबै थोक दिन्छ ।

किनकि जब त्यो मर्नेछ, तब त्यसले कुनै कुरा पनि लानेछैन । त्यसको गौरव त्यसको पछिपछि जानेछैन ।

तिमीहरूले भनेका छौ, ‘परमेश्‍वरको सेवा गर्नु व्यर्थ छ । हामीले उहाँले भनेअनुसार गरेर वा सेनाहरूहरूका परमप्रभुको अगि विलाप गर्दै हिँडेर हामीलाई के लाभ?

किनकि एउटा मानिसले सारा जगत् प्राप्‍त गरेर आफ्नो जीवनचाहिँ गुमायो भने उसलाई के लाभ हुन्छ र? एउटा मानिसले आफ्नो जीवनको बदलामा के दिन सक्छ?

म मेरो प्राणलाई भन्‍नेछु, ‘हे प्राण, तेरो लागि प्रशस्तै असल चिजहरू धेरै वर्षको लागि भण्डारण गरिएको छ । आराम गर, खा, पी र आनन्दित हो ।’

त्यति बेला अहिले तिमीहरू लज्‍जित हुनुपर्ने थोकहरूका कस्ता-कस्ता फलहरू तिमीहरूसित थिए? किनकि ती कुराहरूको परिणाम मृत्यु हो ।

मोशा हुर्केपछि विश्‍वासद्वारा नै तिनले फारोकी छोरीको छोरा कहलाइनलाई इन्कार गरे ।

जसरी त्यसले आफैँलाई महिमित तुल्याई र सुखविलासमा जीवन बिताएकी थिई, त्यसरी नै त्यसलाई यातना र शोक देओ । किनभने त्यसले आफ्नो ह्रदयमा भनेकी छे, ‘म रानीजस्तै भएर बसेकी छु, म एक विधवा होइनँ, र मैले कहिल्यै शोक हेर्नुपर्नेछैन ।’