उहाँको सामुबाट आगोको नदी बग्यो । लाखौं-लाखले उहाँको सेवा गरे, र दस करोडचाहिं उहाँको सामु खडा थिए । अदालतले न्यायको काम सुरु गर्यो, र पुस्तकहरू खोलिए ।
TSK
TSK · मर्कूस 8:38
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
अनि तिमीहरू परमप्रभुका पर्वतहरूको बिचको बेँसीतर्फ भाग्नेछौ, किनकि ती पर्वतहरूका बिचको बेँसी आसेलसम्म पुग्दछ । यहूदाका राजा उज्जियाहका दिनमा भूकम्पबाट भागेझैँ तिमीहरू भाग्नेछौ । त्यसपछि परमप्रभु मेरा परमेश्वर आउनुहुनेछ र सबै पवित्र जनहरू उहाँसँग हुनेछन् ।
यसकारण, जसले मलाई मानिसहरूका सामुन्ने ग्रहण गर्दछ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु ग्रहण गर्नेछु ।
मानिसका पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछन्, र तिनीहरूले उनको राज्यबाट पाप ल्याउने सबै थोक र पाप गर्ने सबै जनालाई बटुल्नेछन् ।
किनकि मानिसका पुत्र आफ्ना पिताको महिमामा उहाँका स्वर्गदूतहरूसँग आउनेछन् । त्यसपछि उनले हरेक व्यक्तिलाई उसको कामअनुसारको प्रतिफल दिनेछन् ।
जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन् र उनको साथमा सारा स्वर्गदूतहरू आउनेछन्, उनी आफ्नो महिमित सिंहासनमा विराजमान हुनेछन् ।
येशूले भन्नुभयो, “म हुँ । र तिमीहरूले मानिसका पुत्रलाई शक्तिको दाहिने हातपट्टि बसेको र आकाशको बादलसँग आएको देख्नेछौ ।”
म तिमीलाई भन्दछु, कि हरेक जसले मानिसहरूका अगि मलाई स्वीकार गर्दछ, परमप्रभुका दूतहरूका अगि मानिसका पुत्रले पनि उसलाई स्वीकार गर्नेछन् ।
अनि वचन देहधारी हुनुभयो र हाम्रा बिचमा बास गर्नुभयो । हामीले पिताबाट आउनुभएका एक मात्रको जस्तो अर्थात् अनुग्रह र सत्यताले पूर्ण महिमा देख्यौँ ।
र पिताले पुत्रलाई न्याय गर्ने अधिकार दिनुभएको छ । किनकि ऊ मानिसका पुत्र हो ।
तिनीहरू त्यस नाउँको निम्ति अपमान भोग्न योग्यका गनिएकामा तिनीहरूले अनान्दित हुँदै त्यो परिषद् छाडे ।
हाम्रा प्रभु येशू ख्रीष्टको क्रुसबाहेक मैले अरू कुनै कुरामा कहिल्यै गर्व गर्न नपरोस् । उहाँद्वारा नै म संसारको लागि र संसार मेरो लागि क्रुसमा टाँगिएको छ ।
तब हाम्रा प्रभुको बारेमा गवाही दिन नसर्माऊ, र मेरो बारेमा पनि । म पावल उहाँका एक कैदी हुँ, तर परमेश्वरको शक्तिद्वारा कष्टमा पनि सुसमाचार प्रचार गर,
परमप्रभुले ओनेसिफरसको घरानालाई कृपा प्रदान गर्नुभएको होस्, किनकि तिनले मलाई उत्साह दिए, मेरा साङ्लाहरूको शर्म मानेनन् ।
तर तिनीहरू अझ उत्तम देश अर्थात् स्वर्गीय देशको चाहना गर्दछन् । त्यसकारण, परमेश्वर तिनीहरूका परमेश्वर हुन लजाउनुहुन्न, किनकि उहाँले तिनीहरूका लागि एउटा सहर तयार पार्नुभएको छ ।
विश्वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूमा हामीले हाम्रा आँखा केन्द्रित गरौँ, जसले आफ्नो सामुन्ने राखिएको आनन्दको लागि अपमान सहनुभयो र क्रुसको दुःख भोग्नुभयो, अनि उहाँ परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ ।
तिमी व्यभिचारीहरू हो! संसारसितको मित्रता परमेश्वरको विरुद्धमा भएको शत्रुता हो भनी के तिमीहरूलाई थाहा छैन? त्यसकारण, जसले संसारको मित्र हुने इच्छा गर्दछ, उसले आफैँलाई परमेश्वरको शत्रु बनाउँछ ।
आदमदेखि सातौँ पुस्ताका हनोकले तिनीहरूको विषयमा यसो भनी अगमवाणी गरेका थिए, “हेर! परमप्रभु उहाँका हजारौँ पवित्र जनसँग आउँदै हुनुहुन्छ ।