परमेश्वरले भन्नुभयो, “होइन, तर तेरी पत्नी साराले तेरो निम्ति एउटा छोरो जन्माउनेछे, र तैँले त्यसको नाउँ इसहाक राख्नू । नित्य रहिरहने करारको रूपमा म त्यससित र त्यसपछि आउने त्यसका सन्तानसित मेरो करार स्थापित गर्नेछु ।
TSK
TSK · मत्ती 1:21
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
परमप्रभुले भन्नुभयो, “आउँदो साल यही समयमा म निश्चय नै तँकहाँ फर्किआउनेछु, र हेर्, तेरी पत्नी साराले एक जना छोरो जन्माउनेछे ।” साराले चाहिँ उहाँको पछिल्तिर भएको ढोकाबाट यो कुरो सुनिरहेकी थिइन् ।
एलीशाले भने, “एक वर्षपछि यही समयमा तिम्रो काखमा एउटा छोरो हुनेछ ।” तिनले जवाफ दिइन्, “होइन, हे मेरा मालिक र परमेश्वरका मानिस, आफ्नी दासीसित झुट नबोल्नुहोस् ।”
¶ त्यस दिन तिमीहरूले यसो भन्नेछौ, “हे परमप्रभु, म तपाईंलाई धन्यावाद दिनेछु । किनकि तपाईं मसँग रिसाउनु भए तापनि, तपाईंको रिस मरेको छ, र तपाईंले मलाई सान्त्वना दिनुभएको छ ।
उसको दिनमा यहूदा यहूदा बचाइनेछ, र इस्राएल सुरक्षितसाथ जिउनेछ । तब यो नाउँले उसलाई बोलाइनेछः परमप्रभु हाम्रो धार्मिकता हुनुहुन्छ ।
त्यसपछि तिमीहरूमाथि म पवित्र पानी छर्किनेछु, यसरी तिमीहरू आफ्ना सबै अशुद्धताबाट शुद्ध हुनेछौ, र तिमीहरूका सबै मूर्तिहरूबाट म तिमीहरूलाई शुद्ध पर्नेछु ।
ए सियोनकी छोरी अति धेरै आनन्दले कराऊ! यरूशलेमकी छोरी खुशीले कराऊ! हेर! तिम्रा राजा धार्मिकतामा तिमीकहाँ तिमीलाई बचाउन आउँदै हुनुहुन्छ । उहाँ नम्र हुनुहुन्छ र उहाँ गधामाथि, अर्थात् गधाको बछेडामाथि सवार हुनुहुन्छ ।
हेर, तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरा जन्माउनेछ्यौ । तिमीले उहाँको नाउँ येशू राख्नेछ्यौ ।
आज तिमीहरूका निम्ति दाऊदको सहरमा एउटा मुक्तिदाताको जन्म भएको छ । उहाँ ख्रीष्ट प्रभु हुनुहुन्छ ।
अर्को दिन यूहन्नाले येशू आफूकहाँ आइरहनुभएको देखे र भने, “हेर, संसारको पाप उठाइलानुहुने परमेश्वरका थुमा!
अरू कुनै व्यक्तिमा मुक्ति छैन किनभने हामी बचाइनका लागि स्वर्गमुनि मानिसहरूका माझमा अर्को कुनै नाउँ दिइएको छैन ।”
यिनै मानिसका सन्तानहरूबाट उहाँले गर्नेछु भनी प्रतिज्ञा गर्नुभएअनुसार परमेश्वरले इस्राएलमा मुक्तिदाता येशू ल्याउनुभएको छ ।
पतिहरू हो, जसरी ख्रीष्टले मण्डलीलाई प्रेम गर्नुभयो र आफैँलाई तिनको निम्ति समर्पित गर्नुभयो, त्यसरी नै आफ्ना पत्नीहरूलाई प्रेम गर ।
येशूले हामीलाई अधार्मिकताबाट स्वतन्त्र पार्न, र आफ्नै निम्ति जे असल छ त्यही गर्न इच्छुक मूल्यवान मानिसहरू अर्थात् शुद्ध बनाउन आफैँलाई हाम्रो निम्ति दिनुभयो ।
तर उहाँ ज्योतिमा हुनुभएझैँ हामी ज्योतिमा हिँड्छौँ भने, हामी एक अर्कासँग सङ्गति गर्छौं, र उहाँका पुत्र येशू ख्रीष्टको रगतले हामीलाई हाम्रा सबै पापबाट शुद्ध पार्छ ।
पापहरू हटाई लानलाई नै ख्रीष्ट प्रकट हुनुभयो भन्ने तिमीहरू जान्दछौ, र उहाँमा कुनै पाप छैन ।
अनि मैले उहाँलाई भनेँ, “हजुर, तपाईंलाई नै थाहा छ,” र उहाँले मलाई भन्नुभयो, “यिनीहरू नै हुन् जो महासङ्कष्टबाट आएका हुन् । तिनीहरूले आफ्ना वस्त्रहरू थुमाका रगतमा धोएर सेता बनाएका छन् ।