TSK

TSK · मत्ती 13:54

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

ठुलो सभामा तपाईंको धार्मिकताको सुसमाचार मैले घोषणा गरेको छु । हे परमप्रभु, यसो गर्नबाट मेरा ओठहरू रोकिएका छैनन् भनी तपाईं जान्‍नुहुन्छ ।

येशूले गालीलका सभाघरहरूमा सिकाउँदै, परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूका बिचमा हर प्रकारका रोग र बिमारीहरूलाई निको पार्दै गालीलका सबै ठाउँमा जानुभयो ।

¶ उहाँ त्यहाँबाट जानुभयो र आफ्नो गाउँमा आउनुभयो, अनि चेलाहरूले उहाँलाई पछ्याए ।

उहाँ आफ्नैहरूकहाँ आउनुभयो, तर उहाँलाई आफ्नैहरूले स्‍वीकार गरेनन् ।

जब तिनीहरूले पत्रुस र यूहन्‍नाको साहस देखे र महसुस गरे कि उनीहरू साधारण र आशिक्षित मानिसहरू थिए, तब पत्रुस र यूहन्‍ना येशूसँगै रहने गर्दथे भन्‍ने कुरा थाहा पाएर तिनीहरू छक्‍क परे ।

तब यसको तिन दिनपछि, पावलले यहूदीहरूका अगुवाहरूलाई एकसाथ बोलाए । जब तिनीहरूसँगसँगै आइपुगे उनले तिनीहरूलाई भने, “दाजुभाइ हो, यद्यपि मैले मानिसहरूको विरुद्धमा वा पितापुर्खाको रितीरिवाजको विरुद्धमा कुनै पनि काम गरेको छैन, मलाई एक जना कैदीको रूपमा यरूशलेमबाट रोमीहरूको हातमा सुम्पिएको छ ।