धेरै जना भन्छन्, “हामीलाई कुनै असल कुरा कसले देखाउनेछ र?” हे परमप्रभु, तपाईंको मुहारको ज्योति हामीमा चम्काउनुहोस् ।
TSK
TSK · मत्ती 17:4
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
¶ हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ । उत्सुकतासाथ म तपाईंको खोजी गर्छु । पानी नभएको सुख्खा र बाँझो जमिनमा, मेरो प्राणले तपाईंको तृणा गर्छ र मेरो शरीरले तपाईंलाई खोज्छ ।
तिनीहरू कत्ति असल र कति सुन्दर हुनेछन्! जवान मानिसहरू अन्नले र कन्याहरू नयाँ मद्यले हृष्टपुष्ट हुनेछन् ।
तिनीहरू येशूबाट टाढा जाँदै गर्दा, पत्रुसले उहाँलाई भने, “गुरुज्यू, हामी यहाँ तिन वटा टहरा बनाऔँ, यो हाम्रो लागि असल छ । एउटा तपाईंको लागि, अर्को मोशाको लागि र एउटा एलियाको लागि ।” उहाँले केको बारेमा भन्दै हुनुहुन्थ्यो भन्ने कुरा उनले बुझेनन् ।
हे पिता, जसलाई तपाईंले मलाई दिनुभएको छ तिनीहरू म जहाँ छु त्यहीँ होऊन् भन्ने म चाहन्छु, ताकि तिनीहरूले मेरो महिमा देखून् जुन तपाईंले मलाई दिनुभएको छ । किनभने तपाईंले मलाई संसारको सृष्टिअगि देखि नै प्रेम गर्नुभएको छ ।
प्रिय हो, अब हामी परमेश्वरका सन्तानहरू हौँ, र हामी के हुनेछौँ भन्ने अझ पनि प्रकट गरिएको छैन । हामी जान्दछौँ, कि जब येशू देखा पर्नुहुनेछ, हामी उहाँजस्तै हुनेछौँ, किनकि उहाँजस्तो हुनुहुन्छ त्यस्तै हामी उहाँलाई देख्नेछौँ ।
त्यहाँ कुनै श्राप हुनेछैन । परमेश्वर र थुमाको सिंहासन सहरमा हुनुहुनेछ, र उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछ्न् ।