TSK

TSK · मत्ती 2:13

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

ती स्‍त्री गर्भवती भइन् र एउटा छोरो जन्माइन् । तिनी स्वस्थ बालक भएको देखेर उनले तिनलाई तिन महिनासम्म लुकाइन् ।

पानी निकै माथिदेखि नै बग्‍न छोड्यो । पानी सार्तान नजिकैको आदम नाम गरेको सहरबाट नेगेवको समुद्र अर्थात् मृत सागरसम्म नै बग्‍न छोड्यो । मानिसहरू यरीहो नजिकै पारि तरे । इस्राएलका मानिसहरूले सुक्खा भूमिमा पार नगरेसम्म परमप्रभुको करारको सन्दुक बोक्‍ने पुजारीहरू यर्दन नदीको बिचमा सुक्खा जमिनमा उभिए ।

जब परमप्रभुको करारको सन्दुक बोक्‍ने पुजारीहरू यर्दनको बिचबाट आए र तिनीहरूका खुट्टाका पैताला सुक्खा जमिनबाट उठाइए, यर्दनको पानी आफ्नो स्थानमा फर्क्यौ र त्यो चार दिन पहिलेको जस्तै यसको किनारासम्म बग्‍न लाग्यो ।

राती सपनामा, दर्शनमा, मानिसहरू मस्त निद्रामा पर्दा, ओछ्यानमा सुतेको समयमा,

तिनले भने, “तर चार जना मानिसलाई नबाँधिएर आगोमा हिंडिरहेका म देख्दैछु, र तिनीहरूलाई कुनै हानी भएको छैन । अनि चौथोचाहिं देवताहरूका पुत्रझैं चम्किरहेका छन् ।”

परमेश्‍वरले तिनीहरूलाई हेरोदकहाँ फर्की नजानू भनी सपनामा चेतावनी दिनुभयो । त्यसैले, तिनीहरू अर्कै बाटो भएर आ-आफ्नै देशमा गए ।

जब हेरोद मरे, हेर, परमप्रभुका एक जना दूत मिश्रमा योसेफकहाँ सपनामा देखा परे अनि उनलाई भने,

जब तिनीहरूले यस सहरमा तिमीहरूलाई सताउँछन्, अर्को सहरमा भाग, किनकि साँच्‍चै म तिमीहरूलाई भन्दछु, मानिसका पुत्र नआउञ्‍जेलसम्म तिमीहरू इस्राएलका सहरहरू पनि घुमिसकेका हुनेछैनौ ।

ती राजाले हाम्रा मानिसहरूलाई छलगरे र हाम्रा पुर्खाहरूलाई यसरी दुर्व्यवहार गरे कि आफैँलाई बचाउन तिनीहरूले आफ्ना शिशुहरूलाई बाहिर फाल्नुपर्थ्यो ।

तिनीहरूले भने, “परमेश्‍वरको आराधना गर्ने कर्नेलियस नाउँ गरेका कप्‍तान धर्मी मानिस हुनुहुन्छ जो सारा यहूदी जातिको बिचमा प्रसिद्ध हुनुहुन्छ । परमेश्‍वरका पवित्र स्वर्गदूतले तपाईंलाई बोलाएर उहाँको घरमा ल्याऊ भनी उहाँलाई आज्ञा दिए ताकि उहाँले तपाईंको सन्देश सुन्‍न सकून् ।”

यसकारण झ्यालखानाका हाकिमले पावललाई भने, “न्यायाधीशहरूले तपाईंहरूलाई छाडिदिनू भनेर आदेश दिएका छन्, त्यसैले तपाईंहरू बाहिर आउनुहोस् र शान्तिसँग जानुहोस् ।”

त्यसको पुच्छरले स्वर्गमा भएको एक-तिहाइ तारालाई सोहोरेर तिनीहरूलाई पृथ्वीमा खसाल्यो । बालक जन्माउन लागेकी त्यस स्‍त्रीको अगि त्यो डरलाग्दो पशु उभियो ताकि त्यसले त्यसको बालकलाई जन्माउने बित्तिकै निल्न सकोस् ।

अनि सर्पको उपस्थितिबाहिर तयार पारेको ठाउँ उजाड-स्थानमा उडेर जानका निम्ति त्यस स्‍त्रीलाई एउटा ठुलो गरुडको दुइवटा पखेटा दिइयो । यो त्यही ठाउँ थियो जहाँ त्यसलाई एक समय, समयहरू र आधा समयका निम्ति वास्ता गर्न सकिन्थ्यो ।