उहाँले त्यसलाई भन्नुभयो, “तेरो फल फेरि कसैले कहिल्यै पनि खानेछैन ।” उहाँका चेलाहरूले यो सुने ।
TSK
TSK · मत्ती 21:19
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
येशूले यो दृष्टान्त भन्नुभयो, “कसैले उसको दाखबारीमा दाख रोप्न लगायो र त्यसमा केही फलहरू खोज्न आयो, तर उसले केही पनि पाएन ।
ममा भएका फल नफलाउने हरेक हाँगालाई उहाँले छाँट्नुहुन्छ र उहाँले फल फलाउने हरेक हाँगालाई पनि छिँवल्नुहुन्छ, ताकि यसले अझ धेरै फल फलाओस् ।
तिनीहरू भक्तिमय देखिनेछन्, तर यसको शक्तिलाई भने इन्कार गर्नेछन् । यस्ता मानिसहरूबाट अलग बस ।
किनकि जमिनले आफूमाथि बर्सिने जुन पानी पिउँछ, जसमा बारम्बार पानी पर्छ र त्यसले जमिनमा काम गर्नेहरूका लागि उपयुक्त अन्न उत्पादन गर्दछ, त्यस जमिनले परमेश्वरबाट आशिष् प्राप्त गर्दछ ।
तिमीहरूका प्रेम भोजहरूमा लुकेका कलङ्कहरू यिनीहरू नै हुन् । तिनीहरू केवल आफ्नै निम्ति मात्र निर्लज्ज रूपमा भोज खान्छन् । तिनीहरू पानी नभएका बादलहरू हुन्, जसलाई हुरीले उडाएर लैजान्छन् । तिनीहरू शरद ऋतुका निष्फल रुखहरू हुन्, जो दुई पटक मरिसकेका छन्, र जराहरूसितै उखेलिएका छन् ।