TSK

TSK · मत्ती 9:2

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

¶ त्यो व्‍यक्‍ति धन्यको हो जसको अपराध क्षमा भएको छ, जसको पाप ढाकिएको छ ।

¶ तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्छ, “सान्त्वना, मेरा मानिसहरू सान्त्वना ।

इस्राएलको घरानासित मैले बाँध्‍ने करार यही हो, यो परमप्रभुको घोषणा हो । यी दिनपछि म आफ्‍नो व्यवस्था तिनीहरूभित्र हाल्‍नेछु, र तिनीहरूका हृदयमा यो लेख्‍नेछु, किनकि म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।

जब येशूले यो सुन्‍नुभयो, उहाँ छक्‍क पर्नुभयो र उहाँलाई पछ्याउनेहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, इस्राएलमा पनि मैले यस्तो विश्‍वास भएको कोही पाएको थिइनँ ।

तर मानिसका पुत्रलाई पृथ्‍वीमा पाप क्षमा गर्ने अधिकार छ भन्‍ने कुरा तिमीहरूले जान्‍न सक ।” उहाँले त्यस पक्षाघातीलाई भन्‍नुभयो, “उठ, आफ्नो ओछ्यान उठाऊ र आफ्नो घर जाऊ ।”

त्यस साँझ घाम अस्ताएपछि तिनीहरूले भूत लागेका र बिरामी भएका सबैलाई उहाँकहाँ ल्याए ।

उहाँले तिनलाई भन्‍नुभयो, “हे छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ । शान्तिसाथ जाऊ र तिम्रो रोगबाट निको होऊ ।”

यो घटनाको कारणले म तिमीलाई भन्दछु, कि जसका धेरै पाप थिए र बढी क्षमा गरिएको छ, तिनले धेरै प्रेम गरेकी छन् । तर जसलाई थोरै मात्र क्षमा गरिएको छ, उसले थोरै नै मात्र प्रेम गर्छ ।”

मैले तिमीहरूलाई यी कुरा भनेको छु, ताकि तिमीहरूलाई ममा शान्ति मिलोस् । संसारमा तिमीहरूलाई कष्‍ट हुन्छ, तर साहस गरः मैले संसारलाई जितेको छु ।

पत्रुस त्यहाँबाट भएर आउँदा तिनको छाया तिनीहरूमध्ये कोहीमाथि परोस् भनेर तिनीहरूले बिरामीहरूलाई गल्लीहरूमा बोकेर ल्याए र तिनीहरूलाई खाट र पलङहरूमा राखे ।

पावलले बोलिरहेको त्यो मानिसले सुन्यो । पावलले आफ्ना आँखा उसलाई एकटक लगाएर हेरे र त्यो मानिसमा निको हुनसक्‍ने विश्‍वास भएको देखे ।

दाऊदले पनि कामविना नै परमेश्‍वरले धार्मिकता गान्‍नुभएको मानिसलाई आशिष्‌‌ घोषणा गर्छन् ।

हामी यो प्रार्थना गर्छौं, कि तिमीहरूले आनन्दसाथ पितालाई धन्यवाद दिनेछौ, जसले तिमीहरूलाई ज्योतिमा विश्‍वासीहरूको उत्तराधिकारमा सहभागी हुनको लागि योग्य बनाउनुभएको छ ।