TSK

TSK · नहेम्याह 13:3

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

केही विदेशीहरू इस्राएलका सन्तानहरूसँग छाउनीमा बस्‍न थाले । तिनीहरूले मिठो खानेकुरा खाने इच्छा गरे । अनि इस्राएलका मानिसहरू रुन थाले र भने, “हामीलाई कसले मासु खान दिन्छ?”

इस्राएलका सन्तानहरूले सबै परदेशीबाट आफूलाई अलग गरे । तिनीहरू खडा भएर आफ्ना पापसाथै तिनीहरूका पुर्खाहरूका दुष्‍ट कामहरू स्वीकार गरे ।

परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई पुर्नजीवित पार्ने । परमप्रभुको साक्षी भरपर्दो छ, सोझोलाई बुद्धिमान बनाउने ।

तपाईंको वचन मैले आफ्‍नो हृदयमा जम्‍मा गरेको छु ताकि तपाईंको विरुद्ध मैले पाप गर्नु नपरोस् ।

उहाँको दृष्‍टिमा व्यवस्थाका कामहरूद्वारा कुनै पनि मानिस धर्मी नठहरिने हुनाले यसो भएको हो । किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान आउँछ ।