TSK

TSK · गन्ती 13:27

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

तिनीहरूलाई मिश्रीहरूको शक्तिबाट छुटकारा दिलाई असल, विशाल अनि दूध र मह बग्‍ने देशमा लैजान म ओर्लिआएको छु । त्यो कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्वी र यबूसीहरूको देश हो ।

परमप्रभुले तिमीहरूलाई कनानी, हित्ती, एमोरी, हिव्वी र यबूसीहरूको दूध र मह बग्‍ने देशमा लैजानुहुँदा तिमीहरूले यही महिनामा आराधनाको यो चाड मान्‍नू ।

मैले तिमीहरूलाई भनेँ, “तिमीहरूले तिनीहरूका भूमि उत्तराधिकारमा पाउने छौ । दूध र मह बगिरहने देश म तिमीहरूको अधिकारमा दिने छु । अरू मानिसहरूबाट तिमीहरूलाई अलग गर्ने परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ ।

यदि परपप्रभु हामीसँग प्रसन्‍न हुनुहुन्छ भने, उहाँले हामीलाई यो भूमिमा लानुहुनेछ र यो हामीलाई दिनुहुनेछ । भूमिमा दूध र मह बग्छ ।

यसको अतिरिक्‍त, तपाईंले हामीलाई दूध र मह बग्‍ने मुलुकमा ल्याउनुभएको छैन अथवा हामीलाई खेत र दाखबारीहरू उत्तराधिकारको रूपमा दिनुभएको छैन । के अब हामीलाई खोक्रो प्रतिज्ञाले अन्धा बनाउन चाहनुहुन्छ? हामी तपाईंकहाँ आउँदैनौँ ।”

त्यसकारण, हे इस्राएल हो, तिनलाई सुन र पालन गर ताकि परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएको दूध र मह बग्‍ने देशमा तिमीहरूको भलो होस् र तिमीहरू गुणात्मक रूपमा वृद्धि हुन सक ।

अनि उहाँले हामीलाई यो ठाउँमा ल्याउनुभएको छ र हामीलाई दूध र मह बग्‍ने यो देश दिनुभएको छ ।

तिमीहरूले पार गरिसकेपछि परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा त्यसको अधिकार गर्दा यो व्यवस्थाका सबै वचन तिनमा लेख्‍नू ।

मिश्रबाट निस्केर आएका सबै पुरुष अर्थात् युद्ध गर्ने सबै पुरुष नमरेसम्म इस्राएलका मानिसहरू मरुभूमिमा हिँडिरहे, किनकि तिनीहरूले परमप्रभुको आवाज पालन गरेनन् । परमप्रभुले तिनीहरूका पिता-पुर्खालाई हामीलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको भूमि अर्थात् दूध र मह बग्‍ने भूमि उहाँले तिनीहरूलाई देख्‍न दिनुहुन्थ्यो भनी शपथ खानुभएको थियो ।

त्यसपछि तपाईंले तिनीहरूलाई दूध र मह बग्‍ने देश दिनुभयो, जुन दिनलाई तपाईंलै तिनीहरूका पुर्खाहरूसित शपथ खानुभएको थियो ।

यसैले मैले तिनीहरूलाई दिन लागेको देशमा म तिनीहरूलाई लानेछैनँ भनेर तिनीहरूसित उजाड-स्‍थान एउटा शपथ खानलाई म आफैले पनि आफ्‍नो हात उठाएँ । त्‍यो देश सबै देशहरूभन्‍दा सुन्‍दर गहनाको दूध र मह बग्‍ने देश हो ।