लेवीहरू 10:2
TSK
यसैकारण परमप्रभुको सामुबाट आगो निस्कियो र तिनीहरूलाई भष्म गरिदियो, र तिनीहरू परमप्रभुको सामु मरे ।
TSK
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
यसैकारण परमप्रभुको सामुबाट आगो निस्कियो र तिनीहरूलाई भष्म गरिदियो, र तिनीहरू परमप्रभुको सामु मरे ।
¶ यस बेला परमप्रभुले सुन्ने गरी मानिसहरूले तिनीहरूका कष्टबारे गनगन गरे । परमप्रभुले मानिसहरूको गनगन सुन्नुभयो र रिसाउनुभयो । परमप्रभुबाट आगो दन्कियो र यसका किनाराका केही छाउनीहरू जले ।
भूमिबारे खराब खबर ल्याउने यी मानिसहरूलाई प्रहार गरियो र तिनीहरू परमप्रभुको सामु महामारीले मरे ।
अनि हरेकले आ-आफ्ना दुई सय पचासवटा धुपौरा परमप्रभुको सामु ल्याउनुपर्छ । तिमी र हारूनले पनि आ-आफ्ना धुपौरा ल्याउनुपर्छ ।”
तिनीहरू माझमा आगो सल्कियो । त्यो आगोले दुष्टहरूलाई भष्म पार्यो ।