“हामीले सर्वेक्षण गरेका ठाउँहरूका सूची यही होः आतारोत, दीबोन, याजेर, निम्रा, हेश्बोन, एलाले, सबाम, नेबो र बओन ।
TSK
TSK · गन्ती 21:25
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
सेइरमा पहिले होरीहरू पनि बस्थे, तर एसावका सन्तानहरूले तिनीहरूलाई धपाए । तिनीहरूले होरीहरूलाई त्यहाँबाट निकाली तिनीहरूको ठाउँमा बसोबास गरे जस्तो परमप्रभुले इस्राएललाई तिनीहरूको अधिकारको रूपमा यो देश दिनुभएको थियो ।)
तिम्रो घाँटी हस्ती-हाडको धरहराजस्तो छ । तिम्रा आँखा बाथ-रब्बीमको मूल ढोकाको छेउमा अवस्थित हेश्बोनका तलाउहरूजस्ता छन् । तिम्रो नाक दमस्कसतिर फर्केको लेबनानको धरहराजस्तो छ ।
हेश्बोनका खेतहरू साथै सिब्माका दाखहरू सुकेका छन् । याजेरमा पुगेको र मरुभूमिमा फैलिएको उत्तम दाखहरूलाई, जातिहरूका शासकहरूले कुल्चेका छन् । त्यसका टुसाहरू बाहिर देशमा फैलिए । ती समुद्रमाथि गए ।
तिनीहरू रोएको सोर हेश्बोनबाट एलालेसम्म र सोअरदेखि होरोनैम र एग्लत-शलीशियाहसम्मै सुनिएको छ, किनकि निम्रीमको पानी सुकिसकेको छ ।
तेरी दिदी सामरिया थिई र त्यसका छोरीहरू उत्तरमा बस्थे, तेरी बहिनीचाहिं तेरो दक्षिणपट्टि बस्थी, अर्थात् सदोम र त्यसका छोरीहरू थिए ।
किनकि म तिनीहरूका सुदिन— सदोम र त्यसका छोरीहरूका सुदिन र सामरिया र त्यसका छोरीहरूका सुदिन फर्काइदिनेछु । तर तेरो सुदिन तिनीहरूकै बिचमा हुनेछ ।