TSK

TSK · गन्ती 22:38

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

बालामले जवाफ दिए र बालाकका मानिसहरूलाई भने, “बालाकले मलाई सुन र चाँदीले भरिएको तिनको दरबार नै दिए पनि म परमप्रभु मेरा परमेश्‍वरको वचनभन्दा बाहिर जान सक्दिनँ अनि उहाँले भन्‍नुभएको भन्दा कम वा बढी गर्न सक्दिनँ ।

तर बालामले जवाफ दिए र भने, “के परमप्रभुले भन्‍नलाई बताउनुभएको कुरा मात्र मैले भन्‍नुपर्छ भनी मैले भनेको थिइनँ र?”

मीकायले जवाफ दिए, “परमप्रभुको नाउँमा शपथ खाएर म भन्दछु, कि परमप्रभुले मलाई जे भन्नुहुन्छ, म त्यही भन्ने छु ।”

मीकायाले जवाफ दिए, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, परमेश्‍वरले जे भन्‍नुहुन्छ, म त्यही भन्‍नेछु ।”

निश्‍चय नै, मानवजातिको विरुद्धमा तपाईंको क्रोधपूर्ण न्यायले तपाईंलाई प्रशंसा ल्याउनेछ । तपाईंको क्रोधबाट बाँकी रहेकाहरूले तपाईंले आफूलाई घेर्नुहोस् ।

हात हेरेर फतफताउनेका खोक्रा कुरालाई व्यार्थ तुल्याउने म नै हुँ र हात हेर्ने कुरा पढ्‍नेलाई घृणा गर्ने म नै हुँ । यस्‍ता बुद्धिमान्‌हरूका बुद्धिलाई उल्टाउने र तिनीहरूका सल्लाहलाई मूर्ख बनाउने म नै हुँ ।

आफ्‍नो तन्त्रमन्त्र र आफ्‍ना धेरै टुनामुनामा निरन्‍तर लाग्, जसलाई तैंले आफ्‍नो बाल्यकालदेखि नै विश्‍वस्‍ततासाथ उच्‍चारण गरेको छस् । सायद तँ सफल हुनेछस्, सायद तैंले विपत्तिलाई भगाउनेछस् ।