अनि परमप्रभुले कयिनलाई भन्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले भने, “मलाई थाहा छैन । के म मेरो भाइको गोठालो हुँ र?”
TSK
TSK · गन्ती 22:9
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तर परमप्रभु राती अबीमेलेकको सपनामा आउनुभयो, र तिनलाई भन्नुभयो, “सुन्, तैँले आफ्नो साथमा ल्याएको स्त्रीको कारण तँ श्रापित भएको छस्, किनभने त्यो अरू कसैकी पत्नी हो ।”
योसेफले फारोलाई भने, “फारोका सपनाहरू एउटै हुन् । परमेश्वरले गर्न लाग्नुभएको कुरा उहाँले फारोलाई प्रकट गराउनुभएको छ ।
परमेश्वर राती बालामकहाँ आउनुभयो र तिनलाई भन्नुभयो, “यी मानिसहरू तँलाई डाक्न आएका हुनाले उठ् र तँ तिनीहरूसँग जा । तर मैले भनेको कुरा मात्र गर् ।”
जसरी पर्वतबाट एउटा ढुङ्गो काटिएको हजुरले देख्नुभयो, तर मानिसको हातले होइन । त्यसले फलाम, काँसा, माटो, चाँदी र सुनलाई टुक्रा-टुक्रा पार्यो । महाराजा, महान् परमेश्वरले हजुरलाई यसपछि के हुनेछ भनेर बताउनुभएको छ । यो सपना साँचो हो र त्यसको अर्थ विश्वासयोग्य छ ।”
त्यस दिन धेरै मानिसले मलाई भन्नेछन्, ‘हे प्रभु, हे प्रभु, के तपाईंको नाउँमा हामीले अगमवाणी बोलेका थिएनौँ र? के तपाईंको नाउँमा भूतहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै शक्तिशाली कामहरू गरेका थिएनौँ र?’
अब यो तिनले आफ्नै तर्फबाट भनेका थिएनन् । बरु उनी त्यस वर्षका प्रधान पुजारी भएको कारणले येशू राष्ट्रको निम्ति मर्नुपर्छ भनी तिनले अगमवाणी गरेका थिए ।