हारूनका छोराहरू अर्थात् पुजारीहरूले तुरही फुक्नुपर्छ । यो तिमीहरूलाई मानिसहरूका पुस्तौँ-पुस्तासम्म सदैवको निम्ति नियम हुनेछ ।
TSK
TSK · गन्ती 31:6
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तर तिनीहरूले पहाडी देशतिर जाने दम्भ गरे; तथापि, न त मोशा न त परमप्रभुको सन्दूकले छाउनी छोडे ।
तिनीहरू रिम्मोन-फारेसबाट हिँडे र लिब्नामा छाउनी हाले ।
सात जना पुजारीले सन्दुकको अगि सातवटा भेडाका सिङका सातवटा तुरही बोक्नुपर्छ । सातौँ दिनमा तिमीहरूले सहरलाई सात फेरो मार्नू र पुजारीहरूले तुरही फुक्नू ।
त्यसैले मानिसहरूले शीलोमा मानिसहरू पठाए । तिनीहरूले त्यहाँबाट सर्वशक्तमान् परमप्रभुको करारको सन्दुक बोके, जो करूबहरूमाथि विराजमान हुनुहुन्छ । एलीका दुई जना छोराहरू होप्नी र पीनहास त्यहाँ परमेश्वरको करारको सन्दुकसँगै थिए ।
शाऊलले अहियाहलाई भने, “परमेश्वरको सन्दुक यहाँ ल्याऊ,” किनकि त्यस बेला यो इस्राएलका मानिसहरूसँग थियो ।
उरियाहले जवाफ दिए, “सन्दुक, इस्राएल र यहूदा पालमा बसिरहेका छन्, अनि मेरो मालिक योआब र मेरा मलिकका सेवकहरू खुल्ला मैदानमा छाउनीमा छन् । तब म आफ्नो घरमा खान, पिउन र मेरो पत्नीसँग सुत्नलाई कसरी जानु? जस्तो तपाईं जीवित हुनुहुन्छ, म यसो गर्ने छैन ।”
अबीशू, पीनहास, एलाजार । एलाजार प्रधान पुजारी हारूनका छोरा थिए ।