TSK

TSK · गन्ती 32:19

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

यसैले, लोतले वरिपरि हेरे, र यर्दनको बेँसीचाहिँ परमप्रभुको बगैँचाजस्तै, मिश्रदेशजस्तै सोअरसम्म नै सबैतिर पानीले राम्ररी भिजेको थियो । यो परमप्रभुले सदोम र गमोरा सर्वनाश गर्न अघिको कुरा थियो ।)

हामी परमप्रभुको सामु हातहतियारसहित कनानको भूमिमा पारि जानेछौँ, तर हाम्रो स्वामित्वमा रहेको अंश यर्दन वारि हामीसँग रहने छ ।”

तिमीहरूका पत्‍नीहरू, तिमीहरूका स-साना बालबच्‍चाहरू र तिमीहरूका गाईवस्‍तुहरू मोशाले दिएका यर्दन वारिको भूमिमा नै रहने छन् ।

मनश्शेको आधा कुल, रूबेनीहरू र गादीहरूले तिनीहरूको उत्तराधिकार प्राप्‍त गरेका छन् जुन मोशाले तिनीहरूलाई दिएका यर्दनको पूर्वतिर, अर्नोन नदीको घाँटीको किनारामा भएको

इस्राएलका राजा पेकहको समयमा अश्शूरका राजा तिग्लत-पिलेसेर आए, र तिनले इयोन, हाबिल-बेथ-माका, यानोह, केदेश, हासोर, गिलाद, गालील र नप्‍तालीका सबै भूमि लिए । तिनले मानिसहरूलाई बन्‍दी बनाएर अश्शूर देशमा लगे ।

सुरुमा झट्टै प्राप्‍त गरेको पैतृक-सम्पत्तिले अन्त्यमा थोरै भलाइ गर्ने छ ।