“केही मानिसहरूलाई कनानको भूमिको जाँच गर्न पठा, जुन मैले इस्राएलका मानिसहरूलाई दिएको छु । तिनीहरूका पुर्खाका हरेक कुलबाट एक-एक जना पठा । ती हरेक तिनीहरूका अगुवा हुनुपर्छ ।”
TSK
TSK · गन्ती 32:8
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
गन्ती 13:2
TSK
गन्ती 14:2
TSK
इस्राएलका सबै मानिसले मोशा र हारूनको आलोचना गरे । सारा समुदायले तिनीहरूलाई भने, “हामी मिश्र देशमा नै मरेको भए पनि हुन्थ्यो अथवा यही मरुभूमिमा नै मरेको भए नि हुन्थ्यो!
व्यवस्था 1:22
TSK
तिमीहरू हरेक मकहाँ आएर भन्यौ, 'हामीभन्दा अगिअगि मानिसहरू पठाऔँ ताकि तिनीहरूले हाम्रो निम्ति त्यस देशको भेद लिई हामीले त्यस देशलाई कसरी आक्रमण गर्नुपर्छ र हामी कुन-कुन सहरमा आइपुग्नुपर्ने हो भन्ने बारेमा तिनीहरूले बताऊन् ।'
यहोशू 14:6
TSK
त्यसपछि यहूदाको कुल गिलगालमा यहोशूकहाँ आए । कनज्जी यपून्नेका छोरा कालेबले तिनलाई भने, “तपाईं र मेरो बारेमा परमप्रभुले कादेश-बर्नेमा के भन्नुभएको थियो भनी तपाईंलाई थाहा छ ।